वी.पी.जयन्तीको अवसरमा स्वास्थ्य सामाग्री वितरण



काठमाडौंः १०७ औं वी.पी.जन्मजयन्तीको अवसरमा नेपाल तरुण दलले स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

कोरोना भाईरसको जोखिम बढी रहेको बेला अग्रपंक्तिमा रहेर काम गर्दै आएका स्वास्थ्यकर्मीहरुका लागि समितिले स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

आज (बुधबार) बिहान छुट्टाछुट्टै कार्यक्रम गरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगनखेलको हाडजोर्नी विभागमा गएर १००० थान मास्क, २० थान पीपीई सेट र २० थान फेस शिल्ड र वीर अस्पतालको नाक, कान, घाटी विभागमा १००० थान मास्क, २० थान पीपीई सेट र २० थान फेस शिल्ड स्वास्थ्यकर्मीको सुरक्षालाई मध्ये नजर गरी हस्तान्तरण गरेको छ ।

साथै यस काममा स्वास्थ्य सामाग्री उपलब्ध गराई सहयोग गर्ने नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं.३ का महासमिति सदस्य हरिबोल भण्डारी र मेन्ज फाउन्डेसनका अध्यक्ष मेन्ज खानलाई दलको केन्द्रिय समितिले धन्यवाद दिएको विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशितः २४ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्