बीएमसीले भत्काउन थाल्यो कंगनाको कार्यालय



एजेन्सी : बलिउड नायिका कंगना रनावतको मुम्बइस्थित अफिसमा डोजर चलेको छ । कंगना मुम्बई पुग्नु अगावै बीएमसीले डोजर लगाएर भवन भत्काउन थालेको हो ।

बीएमसीको टोली डोजर र मजदूरहरूलाई लिएर कंगनाको कार्यालय पुगी अवैध निर्माण तोडिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बृहन्मुम्बई महानगरपालिकाले कंगनाको अफिस निर्माण अवैध रहेको भन्दै एकदिने अल्टिमेटम दिएको थियो । तर, त्यसको केहि समयमै बीएमसीको टोली त्यहाँ पुगेर भवन भत्काउन थालेको हो ।

बीएमसीले कंगनाको कार्यालयमा अनुमति विना विभिन्न कोठाहरू थपिएको आरोप लगाएको छ ।

बलिउडमा नायक सुशान्त सिंह राजपुतको निधनपश्चात नायिका कंगना रनावतले निरन्तर आवाज उठाउँदै आएकी छिन् ।

आफ्नो अफिसमा डोजर चलेपछि कंगनाले ट्विटरमार्फत विरोध जनाएकी छिन् । कंगनाले बीएमसीको टीमलाई बाबरको सेना भनेकी छन् ।

प्रतिक्रिया दिनुहोस्