कर्णाली सरकारद्वारा आफ्नै लेखा एकाई स्थापना


सुर्खेत : कर्णाली प्रदेश सरकारले आफ्ना मातहतका कार्यालयको लेखा नियन्त्रण सहज बनाउन प्रत्येक जिल्लामा प्रदेश लेखा एकाई कार्यालय स्थापना गरेको छ । कर्णाली प्रदेश सरकारले प्रदेश लेखा नियन्त्रक कार्यालयअन्तरगत कर्णाली प्रदेशका सुर्खेत बाहेक नौ जिल्लामा प्रदेश लेखा एकाई कार्यालय स्थापना गरिएको हो ।

प्रदेशका कार्यालयहरु स्थापना नहुँदा मलेनिकाले कर्णाली प्रदेशका जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत लेखाको काममा सहजीकरण गरिरहेको थियो । प्रदेश मातहतका कार्यालयको लेखा प्रणाली नियन्त्रण, ब्यवस्थित बनाउन तथा सहजीकरण गर्न आफ्नै कार्यालय स्थापना गरिएको कर्णाली प्रदेशका प्रदेश लेखा नियन्त्रक मानबहादुर वमले जानकारी दिए । सुखेतमा प्रदेशबाट हेर्ने गरी बाँकी नौ जिल्लामा प्रदेशको छुट्टै कार्यालय स्थापना गरिएको नियन्त्रक वमले जानकारी दिए । उनका अनुसार हुम्ला र सल्यानमा कार्यालय स्थापना गरिएको छ भने अन्य जिल्लामा एक हप्ताभित्र स्थापना गरिने छ ।

वित्तीय अनुशासन कायम गर्न तथा प्रदेशको बजेट लक्षित समुदायसम्म पुर्याउन बजेटको निकाशा तथा भुक्तानीमा सहज होस् भनेर कार्यालय स्थापना गरिएको हो । नियन्त्रक बमले एकाई कार्यालय स्थापनाले प्रदेशको अनुदानको खर्चको लेखाजोखा तथा रिपोर्टिङ्ग गर्न आफ्नो अनुदान कहाँ कति खर्च भएको छ यथार्थ जानकारी आउने विश्वास व्यक्त गरे । कर्णाली प्रदेशका प्रत्येक जिल्लामा लेखा अधिकृत ७/८ तहको प्रमुख रहने गरी एक जना, ५/६ तहका दुई जना र एक जना कार्यालय सहयोगी रहने छन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : रौतहटको चन्द्रनिगाहपुरकी कोरोना संक्रमित महिलाको चितवनमा मृत्यु भएको छ ।चितवनमा मेडिकल कलेज भरतपुरको

काठमाडौं : पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ५ विषयमा संविधान संशोधन गर्नुपर्ने बताएका छन्। शनिबार बिहान

नेपाल उद्योग वाणिज्य महासंघले मंसिर दोस्रो साता मात्रै साधरणसभा गर्ने निर्णय लिएको छ । शुक्रबार

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट विभूषित हुनेहरुमा नाम घोषणा गरिएको छ । ५ सय

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले २ सय ८९ जना कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छन् ।

काठमाडौंः सोमबारबाट आन्तरिक हवाई सेवा सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

काठमाडौंः १३ विद्यार्थी संगठनले शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई विभिन्न माग राख्दै ७ दिने अल्टिमेटम दिएका

कास्की– अहिले देशभरी नै बाढी पहिरोले ठूलो जोखिम निम्त्याएको छ । सिन्धुपाल्चोक, बागलुङ, लगायतका जिल्लामा

बाजुरा- बाजुरामा उत्पादित स्याउ धनगढी बजारमा आइपुगेको छ । मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले भाग लिने

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य तोलाको ४ सय रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका

मंगलबारे : इलामका युवाहरुले यन्त्र (रोबोर्ट) निर्माण गरेका छन्। पाँच युवाले कोरोना अस्पतालमा प्रयोग गर्नेगरी