व्यवसायीलाई ब्याज तिर्नै हम्मे


काठमाडाैं : पाँच महिनाअघि लकडाउन सुरु भएपछि मुलुकमा सार्वजनिक सवारीसाधन चलेका छैनन् । प्रयोगमा नआउँदा बस थोत्रिएका छन् । व्यवसायीहरू बैंकको ऋण र किस्ता बुझाउन नसक्दा थला परेका छन् ।

लाखौं गुमाएका व्यवसायी अहिले बैंक ऋण कसरी तिर्ने र आफू कसरी उठ्ने विकल्पको खोजीमा छन् ।

तिनैमध्येका हुन्, बुटवलका बस व्यवसायी मोहन पीएस । उनका आठ वटा बस छन् । गत माघमा एउटा बसलाई ८० लाख खर्चेर ६ वटा सेभेन स्टार एसी बस थपेका थिए । तर, एसी बस दुई महिना गुड्न पाएनन् । लकडाउन भयो । लाखौंका बस बसपार्क परिसरमा थन्किएका छन् । घामपानीले बसका टायर र पार्ट्स खिइएका छन् । मर्मतमा कति लाग्ने हो, टुंगो छैन ।

तर, बस किन्न एनआईसी एसिया बैंकबाट लिएको ४ करोड ऋणको ब्याज बढिरहेको छ । सरकारले दिने भनेको छुट पनि बैंकले दिएको छैन ।

मोहनलाई अहिले बैंकको ब्याज र किस्ता कसरी चलाउने भन्ने चिन्ता छ । ‘कमाएको सम्पत्ति मात्र होइन, भएको घरसम्पत्ति पनि धितोमा छ,’ उनले भने, ‘अब त उठ्नै नसक्ने गरी चुर्लुम्म डुबियो । के गर्ने अन्योल छ ? आफैं बाँच्नका लागि पनि विकल्प खोज्नुपर्ने भएको छ ।’ मोहन झन्डै ३ दशकदेखि बस व्यवसायमा छन् । बसबाहेक अन्य काममा नलागेकाले अब के गर्ने भनेर बिलखबन्दमा परेको उनले बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार देशभरमा बस र जिप गरी २ लाख ५० हजार सार्वजनिक सवारी छन् । तिनमा झन्डै साढे १२ खर्बको लगानी भएको छ । व्यवसायीहरू धेरैले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका छन् ।

अहिले त्यही ऋणको ब्याज र किस्ता बुझाउन नसक्दा उनीहरू बिलखबन्दमा परेका हुन् ।

‘बैंकले किस्ता र ब्याज मागेर दिनको दिन तनाव दिन्छन्,’ बस व्यवसायी रचना पन्थले भनिन्, ‘कमाउने बस थन्केका छन् । कहाँबाट कसरी बुझाउने उपाय छैन ।’ पन्थका ११ बस छन् । बैंकबाट लिएको ऋणको मासिक ७ लाख ५० हजार किस्ता र ब्याज मात्रै बुझाउनुपर्छ ।

‘बस नचलेको ५ महिना भइसक्यो । हामी विकल्पविहीन भएका छौं,’ उनले भनिन्, ‘व्यवसायीले अबको ६ महिनासम्म बैंकलाई ब्याज र किस्ता तिर्न नसके पनि सरकारले व्यवसायीलाई कालोसूचीमा निकाल्न नहुने बनाइदिनुपर्छ ।’

सरकारले सार्वजनिक यातायातलाई मध्यम प्रभावितको सूचीमा राखेको छ । त्यही आधारमा अघिल्लो वैशाखदेखि असारसम्मको सार्वजनिक बसको कर्जामा २ प्रतिशत ब्याज घटाउन निर्देशन दिएको छ ।

यसमा व्यवसायीहरूको चित्तदुखाइ छ । ‘सार्वजनिक सवारी व्यवसायीका दुःख कहिल्यै सरकारले देखेन । लकडाउनसँगै ठ्याक्कै बन्द भएको व्यवसायलाई सरकारले पूर्ण प्रभावित पनि भनेन । त्यो आधारमा छुटको प्राथमिकतामा पनि पछाडि पर्‍यौं,’ पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले भने, ‘हामी उठ्नै नसक्ने गरी पछारिएका छौं ।’ कान्तिपुर दैनिकमा अमृता अनमोलले खबर लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनबारे

काठमाडौं : बजारमा स्वस्थ मान्छेको ज्यान लिने विषाक्त रसायन मिसाइएका स्यानिटाइजर फेला पर्ने क्रम रोकिएको

काठमाडौं : सरकारले कोरोना महामारीका कारण नेपालमा बन्द रहेको पदयात्रा र पर्वतारोहण खुला गरेको छ

काठमाडौं : महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमणबाट एक कर्मचारीको मृत्यु भएको छ । अस्पतालमा

काठमाडौं : धरानमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बीपी कोइराला

दिक्तेल : खोटाङको दिप्रुङ चुएचुम्मा गाउँपालिकाभित्रका ४८ विद्यालयमा सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा तथा

काठमाडौंः सरकारले असोज ८ र १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।

धरानः धरान उपमहानगरपालिका-२ की कोरोना संक्रमित महिलाको उपचारको क्रममा आज (सोमबार) मृत्यु भएको छ ।

काठमाडौं : १६ वर्ष मुनिका बालिका बलात्कार गरी हत्या गर्ने घटनाविरुद्धका कानुनी प्रावधानमा कडाइ पार्नका

काठमाडौं : यातायता व्यवस्था विभागले असोज २० गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको

काठमाडौं– संघीय संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदहरुले संविधान संशोधन गरेर १६ वर्ष मुनिका बालिकालाई बलात्कार

काठमाडौंः प्रधानमन्त्री एवंं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद