अछाममा ट्रयाक्टर दुर्घटना, एकको मृत्यु १८ घाइते



अछाम: मंगलसेनबाट जयगढ तर्फ जाँदै गरेको ट्र्याक्टर दुर्घटना हुदाँ एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा मंगलसेन- ४ नागातोलाकी अन्दाजी ३५ वर्षिया मैनादेवी धामीको मृत्यू भएको प्रहरीले जनाएको छ ।

 

बान्नीगढी जयगढ गाउँपालिका–४ तिमिल्सेनमा काेजग्रत पूर्णिमाका दिन लाग्ने दसैंको मेला हेर्न जाने क्रममा मंगलसेनको डाँडाघर नजिक लू १ त ५१०१ नम्बरको  ट्र्याक्टर दुर्घटनामा परेकाे हो ।

 

दुर्घटनामा परी ५ जना गम्भीर घाइते र १३ जना सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी जनकबहादुर शाहीले जानकारी दिए । घाइतेलाई जिल्ला अस्पताल मंगलसेन र बयलपाटा अस्पतालमा ल्याईएको छ  ।

प्रतिक्रिया दिनुहोस्