हिमालय एयरलाइन्सले पायो आइएसओ प्रमाणपत्र



काठमाडौंः हिमालय एयरलाइन्सले आईएसओ ९००१-२०१५ प्रमाणपत्र प्राप्त गरेको छ ।

चिनियाँ लगानीको अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्सलाई क्वालिटी म्यानेजमेन्ट सिस्टम (क्युएमएस)ले प्रमाणीकरण गरिदिएको हो ।

मापदण्ड कायम गर्दै वायुयान मर्मत तथा इन्जीनियरिङ्ग सेवा प्रदान गरेको भन्दै उक्त प्रमाणपत्र हिमालयले पाएको छ । गुणस्तरीय र सुरक्षित उडान सेवालाई यो प्रमाणपत्रले पुष्टि गरिदिएको हिमालयका उपाध्यक्ष विजय श्रेष्ठले बताए ।

“यो वास्तवमै हिमालय टीमका लागि एक उपलब्धी हो जसले हाम्रा ग्राहकहरुलाई उत्तम सम्भावित गुणस्तरीय सेवा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धतालाई प्रमाणित गर्दछ ।

आईएसओ ९००१-२०१५ गुणस्तर व्यवस्थापन सिद्धान्तहरुमा आधारित भई निर्मित छ जसमा ग्राहकहरुलाई केन्दित गरि सेवा पुर्याउने, उच्च स्तरको संगठन व्यवस्थापनको संलग्नता, एक प्रकृया अवधारणा र एक प्रकृयाको लगातार सुधार समावेश छ । आईएसओ ९००१-२०१५ को प्रयोग गर्दा हाम्रा ग्राहकहरुले निरन्तर, उच्च गुणस्तरको वस्तु र सेवाहरु पाउने सुनिश्चित गर्न मद्धत गर्नेछ, जसले एअरलाइन्स्मा धेरै व्यवसायिक लाभहरु ल्याउनेछ ” श्रेष्ठले भने ।

प्रकाशितः २५ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्