जनकपुरमा पेस्तोल र गोलीसहित दुई युवक पक्राउ



जनकपुरधामः पेस्तोल र गोलीसहित जनकपुरमा दुई युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका २५ बस्ने २१ वर्षीय अजयराज कायस्थ र २४ वर्षीय सुनिल मण्डल रहेका छन् ।

आज दिउँसो साढे १२ बजे उनीहरुलाई जनकपुरधाम उपमहानगरपालिका ७ मुसहरी टोल नजिकबाट एक थान पेस्तोल र त्यसमा लाग्ने १ राउण्ड गोलीसहित पक्राउ गरेको धनुषा प्रहरीले जनाएको छ ।

गोप्य सूचनाको आधारमा प्रदेश २-००३०० प. ७३७७ नम्बरको मोटरसाइकलमा जाँदै गरेको अवस्थामा चेकजाँच गर्दा झोलामा लुकाएर राखेको पेस्ताल र गोली प्रहरीले बरामद गरेको थियो । थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

प्रकाशितः २५ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्