धनुषामा मृत्युपछि एक जनामा कोरोना पुष्टि



धनुषाः धनुषामा मृत्यु पश्चात थप एक पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

जिल्लाको औरही गाउँपालिका वडा नं.१ पुरनदैयाका ६० वर्षीय पुरुषमा मृत्यु पश्चात कोराना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकिय अधिकृत गणेश मिश्रले जानकारी दिए ।

मिश्रका अनुसार मृतक पुरुषको गत मंगलबार नै स्वास प्रश्वासमा समस्या देखिएपछि तत्कालै प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । बुधबार साँझ उनको मृत्यू भएपछि कोरोनाको आशंकामा स्वाब संकलन गरी परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

मृतकको शवलाई धनुषाको महेन्द्रनगर स्थित श्रीनाथ गणबाट खटेका कोभिड शव व्यवस्थापन टोलीले बिहीबार औरही गाउँपालिकास्थित जमुनी नदीको किनारमा व्यवस्थापन गरेको हो । यो सँगै धनुषामा कोराना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

प्रकाशितः २५ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्