भारतमा एकैदिन ९६ हजारमा कोरोना संक्रमण



एजेन्सी : भारतमा कोरोना भाइरसको संक्रमणमा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ ।

दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ९६ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

बिहीबार ९५ हजार ५२९ जनामा संक्रमण पुष्टि भएर नयाँ रेकर्ड कायम भएको भारतमा शुक्रबार त्यो रेकर्ड पनि तोडिएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ९६ हजार ७६० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४५ लाख ५९ हजार ७२५ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ३५ लाख ३९ हजार ९८३ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ४३ हजार ४३८ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ७६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार २१३ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ७६ हजार ३०४ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्