कंगनापछि अब मनिष मल्होत्रालाई महानगरपालिकाको सूचना



एजेन्सी : भारतको मुम्बई महानगरपालिकाले बलिउड अभिनेत्री कंगना रनौतकाे कार्यालय भत्काएपछि डिजाइनर मनिष मल्होत्रालाई ‘अनाधिकृत निर्माण’ हटाउनको लागि सूचना पठाएको छ।

बीएमसीको नोटिसमा भनिएको छ, ‘मुम्बई महानगरपालिका कानून, १८८८ को सेक्सन ३५१(१) र चार अप्रिल, २०१३ को अधिसूचनाका अनुसार यो नोटिस जारी गरिएको छ कि मनिष मल्होत्राले अनुमति बिना आफ्नो आवसीय परिसरमा निर्माण कार्य गरेका छन् ।’

बीएमसीले मनिष मल्होत्रालाई उनको परिसरमा निर्माण गरिएको कार्यलाई किन नभत्काउने भन्दै स्पष्टिकरणका लागि माग गरेको छ । यो नोटिसको जवाफ दिनका लागि मनिषलाई सात दिनको समय पनि तोकिएको छ ।

बीएमसीको नोटिस अनुसार मनिष मल्होत्राले आफ्नो घरको पहिलो तल्लालाई आवासीयबाट व्यावसायिक अफिसको रुपमा प्रयोग गर्नका लागि कुनै अनुमति लिएका छैनन् । यसबाहेक उनीमाथि अनधिकृत निर्माण र पुरानो डिजाइन परिवर्तन गरेको पनि आरोप छ ।

प्रतिक्रिया दिनुहोस्