पूर्वसभामुख महराद्वारा थारु संग्र्रहालयको अवलोकन



काठमाडौंः पूर्वसभामुख कृष्णबहादुर महराले दाङ दंगीशरण गाउँपालिका-३ चखौरास्थित थारु संग्र्रहालयको अवलोकन गरेका छन् ।

थारुको पहिचान तथा संस्कृति झल्किने उद्देश्यले निर्माण गरिएको उक्त संग्र्रहालयको आज अवलोकन गरेका हुन् । सङ्ग्रहालयमा थारु समुदायको इतिहास, उत्पति, भेषभुषा, कला संस्कृति, रहनसहन, खानपान, चाडपर्व, दंगीशरण राजाको सालिकलगायतका सामग्री राखिएको छ ।

यसले थारु समुदायको पहिचानलाई जोगाइ राख्न मद्दत गर्ने पूर्वसभामुख महराले बताए । थारुका राजा दंगीशरणले राज गरेको जिल्लामा यसरी व्यवस्थित तरिकाले संग्रहालय निर्माण गरी सञ्चालन गर्नुले पर्यटन क्षेत्रको समेत विकास हुने उनको भनाइ छ ।

दाङ थारु समुदायका लागि ऐतिहासिक ठाउँ भएको र यही जिल्लामा थारु संग्रहालय निर्माण हुनुले जिल्लामा पर्यटन क्षेत्रले फड्को मार्ने उनको भनाइ छ । महतवा महासंघका केन्द्रिय अध्यक्ष तथा प्रदेश नं.५ का प्रदेशसभा सदस्य डिल्ली चौधरीले संग्रहालय हेर्न दैनिक ५ देखि एक हजार मनिस पुग्ने गरेको बताए ।

प्रकाशितः २६ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्