स्थानिय प्रशासनले नियमको धज्जी उडाउँदै



पर्साः जिल्ला प्रशासन कार्यालय पर्साले कोरोना नियन्त्रण तथा रोकथाम बारे बनाएको नियमको उलंघन गरेको पाईएको छ ।

चार जना भन्दा बढी एक ठाउँमा भेला भए संक्रमण ऐन अनुसार कारवाही गरिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।

तर शुक्रबार वीरगन्ज १६ नगवामा बनाईएको कोरोना अस्पताललाई सयौंको सहभागितामा भव्य रुपमा उद्घाटन गरिएको छ । उद्घाटन समारोहमा ५ वा १० जनाको मात्र सहभागिता थिएन । करिब एक सय भन्दा बढीको सहभागितामा उद्घाटन समारोहको आयोजना गरिएको थियो । त्यो पनि कानुनको पालना गराउँने सुरक्षा निकायको प्रमुखको उपस्थितीमै । समारोहका प्रमुख अतिथि स्वंम कानुन बनाउँने पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गले रिबन काटेर कोरोना अस्पतालको उद्घाटन गरे । उदघाटन समारोहमा कतिपय माक्स लगाएको देखिएपनि समाजिक दुरी भने कायम नगरेको देखिएको छ ।

कोरोना संक्रमण एक अर्काका सर्ने भएकोले समाजिक दुरी कायम गरी चार जना भन्दा बढी भेला भएको भेटिए संक्रमण ऐन अनुसार कानुनी कारवाही गर्ने नियम स्वंम प्रजिअले बनाएका छन ।

यहाँ सम्म वीरगन्जमा बजारमा लामो समयदेखि निषेधाज्ञाबाट प्रभावित आफनौ दैनिक जिविकोपार्जन गर्न ठेला, रिक्सा चालक, वा तरकारी विक्री गर्दा ती मजदुरलाई प्रहरीले भिडभाड गरेको भन्दै पक्राउ गरी कानुन बमोजिम कारवाही समेत गरेर जरिवाना तिराउँने गरेको पाईएको छ ।

तर कानुन बनाउँने देखि लिएर त्यसको पालना गराउँने निकायका प्रमुखको उपस्थितीमा सयौंको भिडभाडमा उद्घाटन समारोहको आयोजना गरिरहदाँ एकशब्द बोलेन । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल पहुँच वाला ठूलाबडाका रहेका कारण उनीमाथि कानुन लागु भएन ।

प्रजिअले निषेधाज्ञा अवधिभर कुनैपनि मेला, महोत्सव, जाता संचालन, मानिसहरुको भेला जम्मा, भिडभाड गर्न, सभा जुलुस गर्न, चार जना भन्दा बढी व्यक्तिहरुको एक ठाउँमा भेला नहुन उर्दी नै जारी गरेका छन । आफैले बनाएको नियम कानुनको आफैले धज्जी उठाएको देख्खा स्थानियले चर्को आलोचना समेत गरेका छन ।

प्रकाशितः २६ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्