डोल्पामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु, दुई घाइते



रोल्पा : जिल्लाको लुङ्ग्रीमा पहिराले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

शुक्रबार राति रोल्पाको लुङ्ग्री–१ पाङको ऐपे गाउँका ज्ञानसिंह घर्तीमगरको घर माथिबाट पहिरो खसेको हो ।

घर पुरिएर उनका छोराहरू ११ वर्षका युवराज र ८ वर्षका अमरको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । घटनामा ज्ञानसिंहकी आमा ५० वर्षकी बीरमा र पत्नी ३५ वर्षकी नन्दकली गम्भीर घाइते छन् । ज्ञानसिंह करिब ८ वर्षदेखि भारतमै छन् । १४ वर्षका जेठा छोरा आफन्तको घरमा पाहुना गएका थिए ।

जिल्ला प्रहरी प्रमुख डीएसपी नरेश सुवेदीले दुवै मृतकको शव निकालिएको र घाइते सासूबुहारीलाई उपचारका लागि अस्पताल पु-याइएको बताए ।

प्रकाशित : भदौ २७, २०७७

प्रतिक्रिया दिनुहोस्