पल्सर स्पोर्टस् अवार्ड कार्यक्रम भर्चुअल हुने



काठमाडौंः यस वर्षको पल्सर स्पोर्टस् अवार्डु कार्यक्रम भर्चुअल हुने भएको छ ।

कोरोना भाइरसको महामारीका कारण अवार्ड कार्यक्रम भर्चुअल गर्ने तयारी भइरहेको नेपाल खेलकुद पत्रकार मञ्चले जानकारी दिएको छ ।

अध्यक्ष दुर्गानाथ सुवेदीले मञ्चको २५ औं स्थापना दिवसको अवसरमा विश्वलाई नै प्रभावित तुल्याएको कोरोना महामारीले कार्यक्रम प्रभावित बनेको बताए ।

उनले भने परिस्थिति सामान्य भएको भए मञ्चले आफ्नो रजत वर्ष अत्यन्तै भव्यताका साथ मनाएको हुन्थ्यो । एकजना अनुभवी पत्रकारलाई सम्मानको कार्यक्रम र युवा खेल पत्रकारलाई प्रोत्साहन स्वरुप सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कार स्परुप वितरण कार्यक्रमसहितको जमघटको कार्यक्रम हामी हुने थियौँ । विज्ञप्तीमा उल्लेख छ ।

मञ्चले हरेक वर्ष आयोजना गर्ने गरेको पिकनिक, वार्षिक साधारणसभा, पल्सर स्पोर्टस् अवार्ड, स्थापना दिवस कार्यक्रम यो वर्ष नियमित समयमा आयोजना गर्न सकेनौं । यी कार्यक्रमहरु परिस्थिति अनुकुल भएपछि गरिने उनले बताएका छन् ।

हामीले पल्सर स्पोर्टस् अवार्ड कार्यक्रम भने आयोजना गर्न तयारीमा जुटिसकेको सम्पूर्ण सदस्य साथीहरुमा जानकारी गराउन चाहन्छौं । फेरिएको परिस्थितिका कारण यो वर्षको अवार्ड भने भर्चुअल हुनेछ । यसले आयोजनामा चुनौती थपिनुका साथै खर्चसमेत बढ्न जाने छ । यद्यपि, अवार्डको निरन्तरताका लागि हामीले यो चुनौती स्वीकार्नै पर्छ, विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष सुवेदीले मञ्चको स्थापना दिवसको अवसरमा शुभकामना दिँदै कोरोना महामारीबाट सुरक्षित रहन सबैलाई अपिल गरेका छन् ।

प्रकाशितः २७ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्