ओडिआई सिरिजमा पाहुना टोली अस्ट्रेलियासँग पराजित


काठमाडौं: तीन खेलको ओडिआई सिरिज अन्तरगत पहिलो खेलमा इङ्ल्यान्ड पाहुना टोली अस्ट्रेलियासँग १९ रनले पराजित भएको छ ।

ओल्ड ट्राफोर्डमा शुक्रबार भएको खेलमा इङ्ल्यान्डले २९५ रनको लक्ष्य भेट्टाउन नसक्दा पराजित भएको हो ।

इङ्ल्यान्डले टस जितेर अस्ट्रेलियालाई ब्याटिङको निम्तो दिएको थियो । पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २९४ रन जोडेको थियो । २९५ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले ५० ओभरमा ९ विकेट गुमाउँदै २७५ रन मात्र बनायो ।

इङ्ल्यान्डका लागि साम बिलिङ्सले शतक हिर्काए पनि जितका लागि त्यो पर्याप्त भएन उनले २ छक्का र १४ चौकाको मद्दतमा ११८ रन जोडे । जोनी बेइस्टोले ८४ रन बनाए तर अन्य ब्याट्स्मेन भने चल्न सकेनन् । कप्तान इयोन मोर्गान २३ रनमा पेभिलियन फर्किए भने क्रिस वोक्सले ८ रन बनाए ।

इङ्ल्यान्डलाई रोक्न अस्ट्रेलियाका आडम जाम्पाले धारिलो बलिङ गरे। १० ओभर बलिङ गरेका उनले ५५ रन खर्चिएर ४ विकेट लिए ।

त्यस्तै जोश हाजलेवुडले ३ विकेट लिए। सबभन्दा किफायती बलिङ गरेका उनले १० ओभरमा ३ मेडन बल फाले। यसैगरी प्याट क्यूमिन्स र मिचेल मार्शको नाममा १÷१ विकेट रह्यो । यसअघि ब्याटिङ गरेको अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेल र मिचेल मार्शले अर्धशतक बनाए ।

ब्याटिङ गरेका म्याक्सवेलले ४ छक्का र ४ चौकाको मद्दतमा सर्वाधिक ७७ रन जोडेका थिए । त्यस्तै मिचेलले ७३ रन बनाए । मार्कस स्टोनिसले ४३ रन जोड्दा मिचेल स्टार्कले १९ रनको योगदान गरे । इङ्ल्यान्डका लागि जोफ्रा आर्चर र मार्क वुडले समान ३÷३ विकेट लिए ।

त्यस्तै अदिल रसिदले २ विकेट हात पारे भने क्रिस वोक्सको नाममा १ विकेट रह्यो । जितसँगै सिरिजमा अस्ट्रेलियाले १-० को अग्रता लिएको छ । दोस्रो खेल आइतबार हुनेछ भने तेस्रो तथा अन्तिम खेल बुधबार हुने छ ।

प्रकाशितः २७ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : रौतहटको चन्द्रनिगाहपुरकी कोरोना संक्रमित महिलाको चितवनमा मृत्यु भएको छ ।चितवनमा मेडिकल कलेज भरतपुरको

काठमाडौं : पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ५ विषयमा संविधान संशोधन गर्नुपर्ने बताएका छन्। शनिबार बिहान

नेपाल उद्योग वाणिज्य महासंघले मंसिर दोस्रो साता मात्रै साधरणसभा गर्ने निर्णय लिएको छ । शुक्रबार

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट विभूषित हुनेहरुमा नाम घोषणा गरिएको छ । ५ सय

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले २ सय ८९ जना कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छन् ।

काठमाडौंः सोमबारबाट आन्तरिक हवाई सेवा सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

काठमाडौंः १३ विद्यार्थी संगठनले शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई विभिन्न माग राख्दै ७ दिने अल्टिमेटम दिएका

कास्की– अहिले देशभरी नै बाढी पहिरोले ठूलो जोखिम निम्त्याएको छ । सिन्धुपाल्चोक, बागलुङ, लगायतका जिल्लामा

बाजुरा- बाजुरामा उत्पादित स्याउ धनगढी बजारमा आइपुगेको छ । मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले भाग लिने

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य तोलाको ४ सय रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका

मंगलबारे : इलामका युवाहरुले यन्त्र (रोबोर्ट) निर्माण गरेका छन्। पाँच युवाले कोरोना अस्पतालमा प्रयोग गर्नेगरी