पहिरो प्रभावितलाई भेट्न सभामुख सापकोटा सिन्धुपाल्चोक प्रस्थान



काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोक प्रस्थान गरेका छन् । शनिबार राति सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ का पहिरो प्रभावितलाई भेट्न सभामुख सापकोटा त्यसतर्फ प्रस्थान गरेका हुन् ।

पहिरोले घुम्थाङको नागपुजे र भीरखर्कमा क्षति पुगेको जानकारी पाउनसाथ सभामुख सापकोटा स्थलमार्ग हुँदै आज (आइतबार) बिहानै सिन्धुपाल्चोकको बाह्रबिसे प्रस्थान गरेको सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

उनका अनुसार पहिरोले घुम्थाङको नागपुजे र भीरखर्कमा क्षति पुगेको जानकारी आज बिहान ४ बजे पाएका थियौ । खबर पाउना साथ स्थलमार्ग हुँदै सभामुख त्यसतर्फ प्रस्तान गरेका हुन् ।

मौसम अनुकूल भए उद्धारका लागि हेलिकोप्टर पनि पठाउने तयारी भइरहेको उनले बताए ।

शनिबार रातिको वर्षाका कारण पहिरो जाँदा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागपुजे, भीरखर्कलगायतका स्थानमा पहिरो जाँदा १५ जना बेपत्ता भएका र तीन जनाको शव फेला परेको स्थानीय शिक्षक बजीर भण्डारीले जानकारी दिए । साथै पहिरोमा १८ घर पुरिएका छन् ।

सम्बन्धित समाचार

सिन्धुपाल्चोकमा फेरी पहिरो : १८ घर पुरिए, १५ जना वेपत्ता

प्रकाशित : भदौ २८, २०७७

प्रतिक्रिया दिनुहोस्