इंग्लिस प्रिमियर लीग : लिभरपुलको विजयी शुरुवात


काठमाडौं : इंग्लिस प्रिमियर लीग फुटबलमा लिभरपुलले विजयी शुरुवात गरेको छ । शनिबार राति सम्पन्न सिजनको पहिलो खेलमा लिभरपुलले नवप्रवेशी लिड्स युनाइटेडमाथि ४–३ गोलको संघर्षपूर्ण जित निकालेको हो । एनफिल्ड मैदानमा लिभरपुललाई जित दिलाउन मोहम्मेद सलाहले ह्याट्रिक गरे ।

यस्तै भिर्गिल भान डाइकले एक गोल थपे । उता लिड्सका तर्फबाट ज्याक ह्यारिसन, प्याट्रिक बामफोर्ड र माटेउ क्लीचले एक(एक गोल फर्काए ।

खेलको चौथो मिनेटमै सलाहले पेनाल्टीमार्फत गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । त्यसपछि १२ औं मिनेटमा लिड्सका ह्यारिसनले गोल गर्दै खेल १(१ को बराबरीमा ल्याए ।

२० औं मिनेटमा भान डाइकको गोलसँगै लिभरपुलले २–१ ले अग्रता बनायो । तर, ३० औं मिनेटमा लिड्सका प्याट्रिकले गोल गर्दै खेल २–२ को बराबरी गरे । लगत्तै ३३ औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुलले ३–२ को अग्रता बनायो ।

दोस्रो हाफ अन्तर्गत ६६ औं मिनेटमा लिड्सका क्लीचले गोल गरेपछि खेल ३–३ गोलको बराबरीमा भयो । तर, खेलको ८८ औं मिनेटमा सलाहले पेनाल्टीबाट व्यक्तिगत तेस्रो तथा ह्याट्रिक गर्दै लिभरपुललाई ४–३ को जित दिलाए ।

यससँगै सलाह प्रिमियर लीगको नयाँ सिजनमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् । लिड्स १६ वर्षपछि पहिलोपटक प्रिमियर लीगमा बढुवा भएको टोली हो ।

लीग अन्तर्गत नै भएको अर्को खेलमा न्यूक्यासल युनाइटेडले वेष्टह्याम युनाइटेडलाई २–० ले हरायो ।

प्रकाशित : भदौ २८, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनबारे

काठमाडौं : बजारमा स्वस्थ मान्छेको ज्यान लिने विषाक्त रसायन मिसाइएका स्यानिटाइजर फेला पर्ने क्रम रोकिएको

काठमाडौं : सरकारले कोरोना महामारीका कारण नेपालमा बन्द रहेको पदयात्रा र पर्वतारोहण खुला गरेको छ

काठमाडौं : महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमणबाट एक कर्मचारीको मृत्यु भएको छ । अस्पतालमा

काठमाडौं : धरानमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बीपी कोइराला

दिक्तेल : खोटाङको दिप्रुङ चुएचुम्मा गाउँपालिकाभित्रका ४८ विद्यालयमा सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा तथा

काठमाडौंः सरकारले असोज ८ र १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।

धरानः धरान उपमहानगरपालिका-२ की कोरोना संक्रमित महिलाको उपचारको क्रममा आज (सोमबार) मृत्यु भएको छ ।

काठमाडौं : १६ वर्ष मुनिका बालिका बलात्कार गरी हत्या गर्ने घटनाविरुद्धका कानुनी प्रावधानमा कडाइ पार्नका

काठमाडौं : यातायता व्यवस्था विभागले असोज २० गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको

काठमाडौं– संघीय संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदहरुले संविधान संशोधन गरेर १६ वर्ष मुनिका बालिकालाई बलात्कार

काठमाडौंः प्रधानमन्त्री एवंं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद