सिन्धुपाल्चोक पहिरो अपडेट : पाँच शव फेला, २७ बेपत्ता



सिन्धुपाल्चोक : जिल्लाको बाह्रबिसे नगरपालिका–७ को घुम्थाङ भिरबाट आएको पहिरोमा पुरिएर हालसम्म पाँच जनाको मृत्यु भएको छ भने २७ जना वेपत्ता भएका छन् ।

पहिरोमा परि मृत्यु हुनेमा भिरखर्कका तीन र नागपूजेका दुई जना रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ ।

नागपूजे गाउँस्थित बच्छलादेवी माविका शिक्षक बजिरसिंह भण्डारीले दिएको जानकारी अनुसार घुम्थाङ टुप्पोबाट आएको भीषण पहिरोले भिरखर्कमा रहेका २२ मध्ये २० घर लगेको छ । गाउँसो पहिरोले दुई सय मिटर तलको नागपुजे गाउँमा आठ घर पुरेको हो ।

शनिबार राति गएको पहिरोमा परि भिरखर्कमा नौ जना वेपत्ता छन् भने नागपूजेमा १८ जना वेपत्ता छन् ।

नेपाली सेना, सशस्त्र र जनपथ प्रहरीको संयुक्त टोलीले उद्धारकार्य जारी राखेको छ । मुख्य पहिरोसहित टोलैपिच्छे ससाना पहिरो गएकोले वेपत्ताको संख्या बढ्न सक्ने इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए ।

सम्बन्धित समाचार

सिन्धुपाल्चोकमा फेरी पहिरो : १८ घर पुरिए, १५ जना वेपत्ता

पहिरो प्रभावितलाई भेट्न सभामुख सापकोटा सिन्धुपाल्चोक प्रस्थान

तस्वीरमा सिन्धुपाल्चोक पहिरो

प्रकाशित : भदौ २८, २०७७

प्रतिक्रिया दिनुहोस्