प्रचण्डद्वारा सिन्धुपाल्चोकको पहिरोको क्षतिप्रति दुःख व्यक्त



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोकको बाह्रविसेमा शनिबार राति गएको पहिरोले गर्दा मानवीय क्षति भएकोमा दुःख व्यक्ति गरेका छन् । उनले समवेदना व्यक्त गर्दै पहिरोमा मृत्यु भएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।

सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा अविरल वर्षाका कारण शनिवार राति गएको पहिरोमा परी ३० जना स्थानीयवासी बेपत्ता भएका छन् । उक्त घटनामा ६ जनाको शव फेला परेको छ भने बाँकी २४ जना अझै बेपत्ता छन् ।

पहिरोले १५ घर पुरिनुका साथै २ सय २२ घर उच्च जोखिममा रहेका छन् ।

आइतबार विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले यस दुःखद् क्षणमा पहिरोमा बेपत्ताहरुको खोजी, उद्धार र राहतमा जुट्न सम्बन्धित क्षेत्रका पार्टी कार्यकर्ता, सामाजिक अभियन्ता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरुसहित सम्पूर्ण नागरिकहरुमा अनुरोध गरेका छन् ।

सिन्धुपाल्चोक जिल्लासहित देशका विभिन्न स्थानहरुमा विगत केही महिनादेखि पहिरोबाट निरन्तर रुपमा धनजनको क्षति भइरहेको छ ।

यस्ता पहिरो जाने सम्भावित स्थानहरुको पहिचान गरी त्यहाँ बसोबास गरिरहेका नागरिकहरुको स्थानान्तरण गरी वैकल्पिक बसोबासको व्यवस्था गर्न प्रचण्डले सरकारसँग आग्रह गरेका छन् ।

No photo description available.

सम्बन्धित समाचार

सिन्धुपाल्चोकमा फेरी पहिरो : १८ घर पुरिए, १५ जना वेपत्ता

पहिरो प्रभावितलाई भेट्न सभामुख सापकोटा सिन्धुपाल्चोक प्रस्थान

तस्वीरमा सिन्धुपाल्चोक पहिरो

सिन्धुपाल्चोक पहिरो अपडेट : पाँच शव फेला, २७ बेपत्ता

प्रकाशित : भदौ २८, २०७७

प्रतिक्रिया दिनुहोस्