कागती पानीले फाइदा मात्र होइन, गर्छ यस्ता बेफाइदा पनि !



एजेन्सी : नेपालको जुनसुकै भेगमा प्रायः सहजै पाइने कागती बहुउपयोगी फलफुलहरू मध्ये एक हो । यद्यपि यसलाई फलफुलका रूपमा भन्दापनि सर्वत र अचार बनाउने काममा बढी प्रयोग गरिन्छ ।

भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्फूर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु-याउँछ ।

कागती भिटामिन ‘सी’को प्रमुख स्रोत हो । यस भिटामिनले प्रतिरक्षा प्रणालीको कमजोरी हटाउन मद्दत गर्छनै रक्तसञ्चारसँग जोडिएका समस्या, आँखाको समस्याबाट बच्न पनि योगदान गर्छ । मधुमेह रोगीले समेत यस भिटामिनबाट फाइदा लिन सक्छन् ।

मिचिगन विश्वविद्यालयका अनुसन्धानकर्ता डा. मार्क मोयाड भन्छन्, रगतमा भिटामिन ‘सी’को उच्च मात्राले समग्र स्वास्थ्यका लागि आवश्यक पोषण पुगेको सूचक हुनसक्छ । विशेषगरी, बिहान खाली पेटमा कागतीपानी पिएमा बढी फाइदा पुग्ने बताइन्छ ।

कागती पानीको पाइदाहरु :-

– कागतीले घुँडा र जोर्नीहरूको पीडा कम गर्छ किनभने यसले युरिक एसिडलाई विघटित गरिदिन्छ ।

– एन्जाइम प्रदान गरेर कागतीले कलेजोलाई स्वस्थ राख्छ ।

– कागती पानीले कलेजोमा अक्सिजन र क्याल्सियमको मात्रा सन्तुलन गर्छ ।

– हरेक दिन कागती पानी पिउने गरेमा मिर्गौलामा पत्थरी बन्न पाउँदैन र बनेको पत्थरीलाई विघटित पारेर बाहिर निकाल्न मद्दत पुग्छ ।

– भिटामिन ‘सी’ अधिक भएकाले कागतीबाट हाम्रो शरीरको प्रतिरक्षा प्रणाली सबल हुन्छ ।

– कागती पानी पिउने गरेमा शरीरमा अम्ल र क्षारबीचको सन्तुलन बनाउन मद्दत पुग्छ ।

– पेक्टिन फाइबर हुने भएकाले आन्द्राको कोलोनलाई स्वस्थ राख्न कागतीले शक्तिशाली एन्टिब्याक्टेरियल गुण देखाउँछ ।

– बिहान खाली पेटमा कागती पानी पिएमा शरीरबाट विषालु पदार्थ निष्काशनमा सहयोग पुग्छ ।

– कागती पानीले पाचनमा सहयोग पुग्छ ।

– कागतीलाई क्याल्सियम, म्याग्नेसियम, पोटासियम, साइट्रिक एसिड र फस्फोरसको राम्रो स्रोत मानिएको छ ।

– कागती पानी पिउने गरेमा शरीरमा खतरनाक ब्याक्टेरियाको विकास र वृद्धि रोक्न सहयोग पुग्छ ।

– रुघाखोकीको उपचारमा कागती पानी उपयोगी हुन्छ ।

– मस्तिष्कलाई पोषित गर्न र स्नायुकोषहरू स्वस्थ राख्न कागतीले सहयोग गर्छ ।

फाइदासँगै बेफाईदा पनि थुप्रै छन् :-

– धेरै कागती पानीले एसिडिटी त बढाउँछनै, पेटका अन्य अंगहरुमा हानी पनि पुर्याउन सक्दछ । धेरै कागती पानी पिउँनाले पाचन प्रणाली समेत खराब हुन् सक्छ ।

– कागती पानीमा अक्सलेट्स हुन्छ, जुन शरिरमा क्रिष्टलको रुपमा जम्न सक्छ । यसले क्याल्सियम एब्सजर्पसनलाई पनि प्रभावित पार्न सक्छ । यसले मृगौला र कलेजोलाई पनि प्रभाव पार्नसक्छ ।

– ज्यादै तातो पानी र चिसो कागती पिउँदा साह्रै फाइदा हुँदैन । मनतातो कागती पिउँदा धरै फाइदा लिन सकिन्छ ।

– ज्यादा कागतीपानीले दाँतलाई असार पु-याउँछ ।

– एसिडटी, हार्ट बर्न, रिफ्लक्स जस्ता समस्यामा कागती पानीबाट बच्नु पर्छ।

– तपाईको दाँतमा पहिल्यै समस्या छ भने पनि कागती पिउँनु अघि डेन्टिस्टको सल्लाह लिन जरुरी छ ।

– धेरै मात्रामा कागती पानी पिउँदा धेरै पटक पिसाव आउँछ । बारम्बार शरिरबाट पिसाव जाँदा पनि डिहाइड्रेशनको समस्या हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्