सिन्धुपाल्चोक पहिरो अपडेट : ९ को शव फेला, २३ अझै बेपत्ता



सिन्धुपाल्चोक : सिन्धुपाल्चोक पहिरोमा परेर बेपत्ता भएकामध्ये ९ जनाको शव फेला परेको छ भने अन्य २३ जना अझै बेपत्ता छन् ।

शव फेला परेका नौमध्ये तीनको मात्र सनाखत भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । सनाखत हुनेमा नागपुजेकी ७० वर्षीया भक्तिमाया श्रेष्ठ र विक गाउँका २४ वर्षीया जुनुमाया विक र ४० वर्षीय सर्किनी प्रधान रहेको प्रहरीले जनाएको छ ।

शनिबार राति सिन्धुपाल्चोकको बाह्रबिसे–७ घुम्थाङमा पहिरो जाँदा १८ घर पुरिएको थियो ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्थानीय युवाहरु उद्धार कार्यमा खटिएका छन् । पहिरोमा परी घाइते भएका तीन जनालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा ल्याइएको छ ।

यसैगरी सभामुख अग्निप्रसाद सापकोटा घुम्थाङको पहिरो अवलोकन गर्न घटनास्थल पुगेका छन् ।

Image may contain: 1 person, standing, mountain, outdoor and nature

सभामुख सापकोटा स्थलमार्ग हुँदै घुम्थाङ पुगेकोउनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । उनीसँगै नेकपा केन्द्रीय सदस्य माधवप्रसाद सापकोटालगायत नेताहरु पनि घटनास्थल पुगेका छन् ।

Image may contain: one or more people, people standing, mountain, outdoor and nature

सम्बन्धित समाचार

सिन्धुपाल्चोकमा फेरी पहिरो : १८ घर पुरिए, १५ जना वेपत्ता

पहिरो प्रभावितलाई भेट्न सभामुख सापकोटा सिन्धुपाल्चोक प्रस्थान

तस्वीरमा सिन्धुपाल्चोक पहिरो

सिन्धुपाल्चोक पहिरो अपडेट : पाँच शव फेला, २७ बेपत्ता

तस्वीर : सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेको फेसबुकबाट
प्रकाशित : भदौ २८, २०७७

प्रतिक्रिया दिनुहोस्