पोलेको मकै खानुका फाइदै फाइदा



एजेन्सी : मकै नेपालमा सर्वसुलभ उपलव्ध हुने अन्न हो । जो सडककाे किनारादेखि पाँचतारे होटलका मेनुमा समेत पाइन्छ । मकैलाई भुटेर, पोलेर, उसिनेर र भातको रुपमासमेत खान सकिन्छ । पोषण र खाद्य सुरक्षाका दृष्टिकोणले सबैभन्दा बढी पौष्टिक खाद्य पदार्थ नै मकै हाे ।

मधुरो आगोमा पोलेको मकैमा नुन र कागती हालेर खाँदा त्यसको स्वाद अझ बढ्छ । तर, कहिल्यै सोच्नु भएको छ पोलेको मकै खानाले हाम्रो स्वास्थ्यलाई कतिको फाइदा हुन्छ भनेर ? आयुर्वेदमा मकै खानुको अनेक फाइदा हुन्छ भनेर उल्लेख गरिएको छ ।

मकै एक यस्तो तत्व हो, जसमा पाकेपछि पनि आफ्नो गुण हराउनुको साटो थप बढ्ने गर्छ । पोलेको मकै क्यारेटोनोइड र भिटामिन ए को राम्रो स्रोत हो । पोलेको मकै खानाले प्यास लागेको बेला पानीको मात्रा पुरा गर्छ ।

पोलेको मकै खानुको फाइदा :

– पोलेको मकै खानाले दाँत बलियो हुन्छ ।

– मकै खाइ सकेपछि त्यसको खोयालाई भाँचेर सुँघ्दा रुघाखोकी निको हुन्छ ।

– त्यति मात्र नभई मकैको खोयालाई सुखाएर जलाएर त्यसको धुँवा सुँघ्नाले पनि रुघाखोकीमा फाइदा पुर्याउँछ । त्यसबाहेक यसले खोकी लागेकोमा पनि निको हुन्छ ।

– पोलेको मकैमा पर्याप्त मात्रामा एन्टी–अक्सीडेन्ट पाइन्छ । जसले बढ्दो उमेरको लक्षणलाई रोक्छ र क्यान्सरसँग पनि लड्नमा मद्दत गर्छ ।

– बच्चाहरुको शारीरिक र मानसिक विकासका लागि पनि पोलेको मकै धेरै नै फाइदाजनक हुन्छ । यसमा कोलेस्ट्रोल नगन्य मात्रामा हुन्छ त्यसैले पोलेको मकै खाँदा मुटुपनि स्वस्थ रहन्छ ।

– मकैमा पर्याप्त मात्रामा फाइबर पाइन्छ जसले पाचन क्रियालाई सन्तुलित बनाउँदछ ।

– पोलेको मकैको सेवनले हड्डी मजबुत हुन्छ । मकैमा पर्याप्त म्याग्नेसियम, आइरन, कपर तथा फोस्फोरस पाइन्छ ।

– मकैको सेवनले मृगौला स्वस्थ राख्न पनि सहयोग गर्दछ ।

– पोलेको मकैको सेवनले कब्जियत, अल्सर तथा पेटको क्यान्सरको जोखिम पनि कम गर्दछ ।

– काँचो मकैलाई छोडाएर गेडा पानीमा भिजाउने अनि अर्को दिन उक्त पानीलाई छानेर पानीमा मिश्री मिलाएर खानाले पिसाब पोल्ने जस्ता समस्या कम हुन्छन् ।

– मकैमा भरपूर मात्रामा एन्टी अक्सिडेन्ट पाइने कारणले गर्दा यसको सेवनले हाम्रो छाला कोमल हुनुका साथै रोग प्रतिरोधी क्षमता बढ्ने र बुढ्यौलीका लक्षण छिटो देखिने समस्या कम हुन्छ । मकैमा भिटामिन सी, क्यारोटिनाइड तथा बायोफ्लेभिनोइड पाइन्छ ।

– मकैको सेवनले रगतमा कोलेस्ट्रोलको मात्रा बढ्नबाट रोक्दछ । यसले रक्तप्रवाहलाई सन्तुलित बनाउने, उच्च रक्तचापको समस्या कम गर्ने तथा मुटुलाई स्वस्थ राख्न सघाउँदछ ।

– गर्भवती महिलाका लागि मकै निकै उत्तम आहार हो । यसमा फोलिक एसिड पर्याप्त पाइने हुनाले गर्भको शिशुका लागि पोषणको पर्याप्त आपूर्ति हुन्छ ।

प्रतिक्रिया दिनुहोस्