घोडाहा खोलाले बगाउँदा वृद्धाको मृत्यु



रुपन्देही : जिल्लाको देवदहमा घोडाहा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । देवदह नगरपालिका–८ कालिका टोलकी ६२ वर्षीया भिमिश्वरा चिदीको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बाख्रा चराउन गएकी उनलाई घोडाहा खोला तर्ने क्रममा बगाएको हो । चिदीको शव देबदह–३ रोहिणी पुल नजिक फेला परेको प्रहरीले जनाएको छ ।

उक्त खोलामा पुल नहुँदा वर्षायाममा देवदह नगरपालिकाकै शरनटाँडी गाउँमा आवतजावतमा समस्या पर्ने गरेको छ ।

प्रकाशित : भदौ २८, २०७७

प्रतिक्रिया दिनुहोस्