प्रदेश लोक सेवा आयोगको प्रतिवेदन प्रस्तुत



विराटनगर : प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसमक्ष प्रदेश लोकसेवा आयोगका अध्यक्ष उत्तमकुमार भट्टराईले आयोगको प्रथम वार्षिक प्रतिवेदन २०७६/७७ आज पेश गरेका छन् ।

प्रदेश प्रमुख अधिकारीले प्रतिवेदन ग्रहण गर्दै कोरोना जोखिमका बीचमा पनि आयोगले प्रतिवेदन पेश गरेकामा अध्यक्षसहित आयोगमा कार्यरत सबैमा धन्यवाद दिए । प्रदेश प्रमुखसमक्ष आयोगले वार्षिक प्रतिवेदन पेश गर्ने प्रावधान रहिआएको छ ।

प्रतिक्रिया दिनुहोस्