जीरा र कागती पानीको प्रयोगले यसरि बन्नुस् स्लिम !



एजेन्सी : शरीर मोटो भएर हैरान हुनु भएको छ भने अब नआत्तिनुहोस् । जीरा, पानी तथा कागतीको प्रयोग गरेर तपाई मोटोपनको समस्याबाट मुक्त हुन सक्नुहुन्छ । प्रयोग गर्न अति सरल यो विधिमार्फत् आफ्नो मोटो शरीरलाई स्लिम बनाउन सक्नुहुन्छ ।

जीरा तौल घटाउनको लागि चमत्कारिक तौल घटाउने पेय पदार्थको रुपमा लिइन्छ । विहान खाली पेटमा जीरा र कागती पानी पिउँदा मेटाबोलिज्ममा हुने सुस्तता, पाचन प्रक्रियामा भएको गडबडी, इन्सुलिनमा हुने प्रतिरोधको रक्षा जस्ता समस्याको समाधान हुने विज्ञहरु बताउँछन् । यदि तपाई यस्ता समस्या, पेट बढ्ने जस्ता समस्याबाट ग्रसित हुनुहुन्छ भने २० दिनसम्म जीरा र कागती पानी नियमित खानुपर्छ ।

जीरा र कागती प्रयोगबाट कसरी स्लिम बन्न सकिन्छ त ?

जीराले हाम्रो शरीरमा जम्मा भएको बोसोलाई एकैठाउमा जम्मा हुन दिदैन भन्ने कुरा वैज्ञानिकले प्रमाणित गरिसकेका छन् । त्यस्तै तातो पानीमा कागती मिसाएर पिउनाले शरीरमा भएको बोशो पग्लन्छ भन्ने कुरा पनि प्रमाणित भईसकेको छ ।

जीरा र कागतीलाई कसरी प्रयोग गर्ने ?

हरेक रात एक चम्चा जिरा सफा पानीमा भिजाएर राख्नुहोस । भोलिपल्ट बिहान खाली पेटमा भिजाएको जीरालाई चपाएर खानुहोस् । जीरा भिजाएको पानीलाई तताउनुहोस् अनि आधा कागतीलाई निचोरेर पानीमा हाल्नुहोस् । त्यसपछि चिया झैं उक्त पानीलाई खानुहोस् । यो विधिलाई एक महिनासम्म प्रयोग गर्नुभयो भने यसको नतिजा देखेर तपाई अचम्म पर्नुहुनेछ ।

यो विधि प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा

माथि उल्लेख गरिएको विधि प्रयोगमा ल्याउँदा अपनाउनुपर्ने पहिलो नियम भनेको आफ्नो आहारलाई कम गर्नु हो । बिहान जीरापानी र कागती खाएपछि दिउँसो १२ बजे पछि मात्रै भोजन लिनुपर्दछ । त्यस्तै खाना खानुभन्दा अगाडि एक प्लेट सलाद खानुभयो भने झन राम्रो हुन्छ । साथै भोजनमा हरियो सागसब्जी बढी प्रयोग गर्नुहोस् । र राति सुत्नुभन्दा २/३ घण्टा पहिला खाना खानुहोस् ।

दिउँसो र राति खाना खाएपछि एक गिलास चियामा आधा कागती मिसाएर खानु उपयुक्त हुन्छ भने खाना खाँदा चिसो पानी बिल्कुल पिउनुहुँदैन । मैदाबाट बनेको खाद्यपदार्थ र गुलियो पदार्थलाई तपाईबाट टाढै राख्नुहोस् । फलफूलको रसभन्दा पनि फलफूल नै खाँदा राम्रो हुन्छ किनकी यसो गर्दा फलफूलमा भएको फाइवर वा रेशापनि पेटमा जाने हुनाले चाँडो भोक लाग्दैन । यसबाहेक योगा, व्यायाम तथा मर्निङ वाल्क गर्नुभयो झन राम्रो हुन्छ । यी सबै कुरालाई ख्याल गर्नु भयो भने एक महिनामा नै शरीरको तौल घटेर तपाई स्लिम बन्नु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्