प्रदेश-२ मा ३८ जना संक्रमित थपिए



जनकपुरधाम : प्रदेश नं. २ मा आज (आइतबार) ३८ जना नयाँ कोरोनाका संक्रमित थपिएका छन् ।

पछिल्लो दिनहरुको तुलनामा संक्रमित हुनेको संख्यामा विस्तारै कमी आउन थालेको छ । संक्रमितको संख्यामा विस्तारै कमी आए पनि प्रदेश-२ मा भने सक्रिय कोरोना संक्रमितको संख्या पाँच हजार ४१० रहेको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गरिएको परीक्षणबाट आज चार महिला र ३४ जना पुरुष गरी ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै प्रदेश नं. २ मा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ११ हजार ८८३ हुन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्