भारतमा कोरोना संक्रमितको संख्या ४८ लाख नाघ्यो



एजेन्सी : भारतमा कोरोना भाइरस संक्रमितको संख्या ४८ लाख नाघेको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ९३ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

सोमबार भारतमा ९३ हजार २१५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४८ लाख ४५ हजार ३ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ३७ लाख ७७ हजार ४४ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ८८ हजार २०५ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ७९ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार १४० जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ७९ हजार ७५४ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्