इंग्लिस प्रिमियर लिगमा एभर्टनले विजयी सुरुवात



एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले विजयी सुरुवात गरेको छ ।

आइतबार राति भएको सिजनको आफ्नो पहिलो खेलमा एभर्टनले टोटेनहमलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

एभर्टनका लागि खेलको ५५औँ मिनेटमा डोमिनिक लेविनले गरेको गोल नै निर्णायक बन्यो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५औं मिनेटमा डोमिनिकले हेडमार्फत गोल गरेका थिए । जीतसँगै एभर्टनले ३ अंक बटुलेको छ ।

प्रतिक्रिया दिनुहोस्