सुनसरीमा प्रहरी र स्थानीयबीच झडप, प्रहरीको गोली लागि एक घाइते



सुनसरी : सुनसरीमा प्रहरी र स्थानीयबीच झडपमा गोली चलेको छ। भन्सार जाँचका क्रममा गोली चलेको सुनसरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सामान जाँच गर्ने क्रममा भोक्राहा नरसिंह गाउँपालिका वडा नम्वर ८ मा प्रहरीको गोली लागि स्थानीय घाइते भएका छन्।

नाका जोडिएको क्षेत्रबाट आउने व्यक्तिलाई जाँच गर्ने क्रममा विवाद हुँदा घटनाले उग्र रूप लिएको स्थानीयले बताएका छन्। त्यहाँ केहीबेर स्थानीय र प्रहरीबीच झडपसमेत भएको छ। स्थानीयले बताएअनुसार प्रहरीले केही राउण्ड गोली चलाएको छ। गस्ती प्रहरीसँगको झडमा परी सइ चन्द्रकुमार शाक्यको औंमा गोली लागेको सुनसरीका डिएसपी ज्ञानेन्द्रप्रसाद फुयाँलले बताए। झडपमा एक राउण्ड गोली चलेको उनले बताए। 

सामान जाँचका क्रममा स्थानीले प्रहरीको बन्दुक खोसेको सुनसरी प्रहरीले जनाएको छ। स्थानीयका अनुसार प्रहरीले चलाएको गोली लागि स्थानीय जियाउल मन्सुरी घाइते भएका छन्। हातमा गोली लागेका उनको उपचारका लागि विराटनगर लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्