रुपन्देहीमा असोज ४ गतेसम्म निषेधाज्ञा


रुपन्देही : रुपन्देहीमा असोज ४ गतेसम्म निषेधाज्ञा थपिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिस र जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालयले असोज ४ गतेसम्म निषेधाज्ञा थप गरेको हो ।

यसअघि भदौ २८ गते रातिसम्म निषेधाज्ञा आदेश जारी गरिएको थियो । यस पटकको निषेधाज्ञामा निजी सवारी साधनहरु जोर–बिजोरका आधारमा सञ्चालन हुन पाउने छन् भने होटेल तथा रेष्टुरेन्टहरुले टेक–अवे सेवा दिने गरी खोल्न पाउनेछन् ।

यसअघि जस्तै पसल–व्यवसायहरु स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ । शैक्षिक संस्था लगायत अन्य शैक्षिक क्रियाकलाप हुने संस्थाहरु भने खोल्न निषेध गरिएको छ ।

बैंक तथा सहकारी संस्थाहरु र सरकारी कार्यालयहरु भीडभाड नगरी, स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी सञ्चालन हुन पाउने आदेशमा उल्लेख छ ।

यात्रुवाहक सार्वजनिक यातायातका साधन सञ्चालन गर्न भने प्रशासनले निषेध गरेको छ । व्यवसायीहरुले भने सरकारले अनुमति नदिए पनि असोज १ गतेबाट सञ्चालन गर्ने बताउंदै आएका छन् ।

प्रकाशित : भदौ २९, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : रौतहटको चन्द्रनिगाहपुरकी कोरोना संक्रमित महिलाको चितवनमा मृत्यु भएको छ ।चितवनमा मेडिकल कलेज भरतपुरको

काठमाडौं : पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ५ विषयमा संविधान संशोधन गर्नुपर्ने बताएका छन्। शनिबार बिहान

नेपाल उद्योग वाणिज्य महासंघले मंसिर दोस्रो साता मात्रै साधरणसभा गर्ने निर्णय लिएको छ । शुक्रबार

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट विभूषित हुनेहरुमा नाम घोषणा गरिएको छ । ५ सय

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले २ सय ८९ जना कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छन् ।

काठमाडौंः सोमबारबाट आन्तरिक हवाई सेवा सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

काठमाडौंः १३ विद्यार्थी संगठनले शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई विभिन्न माग राख्दै ७ दिने अल्टिमेटम दिएका

कास्की– अहिले देशभरी नै बाढी पहिरोले ठूलो जोखिम निम्त्याएको छ । सिन्धुपाल्चोक, बागलुङ, लगायतका जिल्लामा

बाजुरा- बाजुरामा उत्पादित स्याउ धनगढी बजारमा आइपुगेको छ । मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले भाग लिने

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य तोलाको ४ सय रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका

मंगलबारे : इलामका युवाहरुले यन्त्र (रोबोर्ट) निर्माण गरेका छन्। पाँच युवाले कोरोना अस्पतालमा प्रयोग गर्नेगरी