थ्रेसरको फित्तामा लपेटिएर एक महिलाको मृत्यु



धनगढी: कैलालीको गोदावरी नगरपालिका–६ लालपुरमा बुधबार धान थ्रेसर गर्ने मेसिनको फित्तामा लपेटिँदा एक महिलाको मृत्यु भएको छ। 

 

थ्रेसर मेसिन चलिरहेको अवस्थामा धान थुपार्न त्रिपाल बिछ्याउने क्रममा फित्तामा लपेटिएर ५० वर्षीया चम्पादेवी कामीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्