रातो मच्छिन्द्रनाथलाई आज बुंगमति लगिँदै



काठमाडौं : रातो मच्छिन्द्रनाथलाई आज बुंगमति लगिने भएको छ । ज्यापु समाजको समन्वयमा बुंगमतिबाट आएका पूजारीहरुको साथमा मच्छिन्द्रनाथलाई सोमबार बुंगमति लैजान लागिएको हो ।

ज्यापु समाजका वरिष्ठ उपाध्यक्ष सन्तमान महर्जनका आनुसार रातो मच्छिन्द्रनाथलाई लैजानको लागि २०० जना स्वंमसेवक सहभागी हुने छन् । मानिसको भेलाको लागि जिल्ला प्रशासन कार्यलयसँग अनुमति लिने प्रक्रिया भइरहेको महर्जनले जानकारी दिए ।

रातो मच्छिन्द्रनाथलाई पूजा गर्ने साइत १० बजेर ५ मिनेटमा निस्किएको र लिन भने दिउँसो आउन लागिएको रातो मच्छिन्द्रनाथ पूजारी संघका अध्यक्ष यज्ञरत्न शाक्यले जानकारी दिए ।

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ जात्रा लामो समयसम्म सम्भव नभएपछि स्थानीयले आफैले रथ तानेका थिए । यही क्रममा स्थानीयवासी र प्रहरीबीच झडप समेत भएको थियो ।

प्रकाशित : भदौ २९, २०७७

प्रतिक्रिया दिनुहोस्