कोरोनाका बीच ‘बन्टी-बबली २’ को छायांकन सकियो



एजेन्सी : कोरोना महामारीका बीच फिल्म ‘बन्टी और बबली २’ को छायाँकन सकिएको छ ।

फिल्ममा सैफ अली खान, रानी मुखर्जी, सिद्धान्त चतुर्वेदी र शरवरी मुख्य भूमिकामा रहेका छन् । कोरोनाको कहर भएपनि पुरै सुरक्षाको साथ फिल्मको छायाँकन गरिएको छ । फिल्मको पूरै छायांकन स्टूडियोभित्र गरिएको हाे । फिल्म छायाँकन पहिले कलाकारलाई होम क्वारेन्टाइममा राखिएको थियो ।

त्यसपछि हरेक सदस्यको कोरोना टेष्ट गरिएको थियो । कोरोना महामारीका बीच पनि आफ्नो सुटिङ राम्रो भएकोमा अभिनेता सैफअली खानले खुसी ब्यक्त गरेका छन् । सैफले भने ‘मैले घर भन्दा बढी सुरक्षित सुटिङ सेटमा महशुस गरे ।’

फिल्मको छायाँकन पुरा भएपछि अभिनेत्री रानी मुखर्जी भने निकै भावुक भएकी थिइन् । ‘सुटिङको समय निकै राम्रोसँग बिताइयो’ रानीले भनिन्– ‘कोरोना भन्दा पहिले गरिएको सुटिङको यो समय धेरै याद आयो ।’

फिल्म ‘बन्टी और बबली’ यस अगाडि २००५ मा रिलिज भएको थियो । उक्त फिल्ममा अभिषेक बच्चन र रानी मुखर्जीको जोडी दर्शकले निकै रुचाएका थिए । अहिले बनेको ‘बन्टी और बबली २’ त्यसको सिक्वेल हो ।

फिल्म वरुण वी शर्माले निर्देशन गरेका हुन् । अहिले पोष्ट प्रोडक्सन कार्यमा जुटेको फिल्मको रिलिज ओटीटीमा हुन्छ वा थिएटरमा अहिले यसै भन्ने स्थिति छैन । फिल्ममा सैफको रानीसँग जोडी बाँधिएको छ । यसअघि यी दुई केही फिल्ममा देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्