प्रधानमन्त्रीलाई गौरीको आग्रह



काठमाडाैं : आज (सोमबार) राष्ट्रिय बाल दिवसको अवसरमा प्रधानमन्त्रीसँग नायिका गौरी मल्लले बालबालिकालाई चन्दन बनाउन आग्रह गरेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाट्स लेख्दै प्रधानमन्त्रीलाई आग्रह गरेकी हुन ।

गौरी लेख्छिन् :-

अभिभावक ! अत्ति वजन भएको शब्द साथै पद अनि सम्मान । भनिन्छ नि ” बुझ्नेलाई चन्दन नबुझ्नेलाई खुर्पाको बिंड “। आज राष्ट्रिय बालदिवसको उपलक्षमा सम्माननीय प्रधानमन्त्रीज्युको संदेश पढ्न र हेर्न पाइयो टेलिविजनहरुका स्क्रिनमा। जसमा लेखिएको तथा सुनिएको यस्तो थियो ” सरकारले बालबालिकालाइ अभिभावकत्व प्रदान गर्छ “।

सम्माननीय प्रधानमन्त्रीज्यु !बिगत धेरै बर्ष यता देखि तपाईंको यो मुलुकका कुनै पनि बालबालिकाहरुले यहाँले दिनु भएको संदेश अनुभूति गर्न त के सोच्न सम्म पनि पाएका छैनन् । यो कुराको जानकारी छ होला सम्माननीय प्रधानमन्त्रीज्युलाइ ? मलाई लाग्छ यहाँ पक्कै पनि यस्ता सानातिना , झिना मसिना कुराबाट अनभिज्ञ नै हुनुहुन्छ । हैन भने यहाँको यस्तो अभिव्यक्तिले जगहँसाई बाहेक अरु केहि प्राप्त हुने छैन यो मलुकलाई ।

प्रधान्मंत्रीज्यु ! बिडम्बना त यो छ कि यो मुलुकमा नीतिनियम , कानुन , व्यवस्थापन , कार्यक्रम आदि इत्यादि विभिन्न प्रयोजन बन्छन र सिंहदरबारको कुनै फाइलमा कैद हुन्छन अनि सदा झैं जनता माझ पुग्छ केवल सान्त्वना र असिमित पिडाहरु….. । यो भन्दा बढी म के लेखुं ….?

आज सम्माननीय प्रधानमंत्रीज्यु लाइ एउटा सानो सुझाव टक्र्याउने धृष्टता गर्दैछु ,यो देशको नागरिकको हैसियतले ।

“कुनै कुरा नजिकबाट मात्र हैन ,टाढाको दुरबिनबाट पनि नियाल्ने प्रयत्न गर्नुहोला साथै कुनै कुरा टाढाबाट मात्र हैन, नजिक गएर अनि नजिक भएर पनि नियाल्ने प्रयत्न गर्नु होला। “

यो देश र यो देशको भविष्य आजका बालबालिकालाइ चन्दन बनाउनुहोस प्रधानामंत्रीज्यु ! खुर्पाको बिंड हैन।

राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा सम्पूर्ण बालबालिकाहरूलाइ मुरी मुरी बधाई अनि शुभकामना !!

सबैको जय होस् !!!

गौरीले यो देशका भविष्य बालबालिकालाई खुर्पाको बिड होइन चन्दन बनाउन अपिल गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्