क्याप्टेन विजय लामालाई कोरोना संक्रमण



काठमाडौंः नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण देखिएको छ ।

स्टार अस्पतालमा स्वाब परीक्षण गर्दा उनलाई कोरोना देखिएको हो । उनी अहिले सोल्टी होटलको आइसोलेसनमा रहेका छन् ।

लामाले आइतबार स्वाब दिएका थिए । सोमबार बिहान रिपोर्ट आएसँगै आफू आइसोलेसनमा भर्ना भएको उनले बताए । उनीसँगै नेपाल वायुसेवा निगमको वाइडबडी जहाज उडाएका बेलायती क्याप्टेन उदय कोल्हात्करलाई संक्रमण पुष्टि भएको छ ।

दुवैले तीन दिनअघि शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई वाइडबडी जहाजबाट अफ्रिकी मुलुक दक्षिण सुडान लगेका थिए । ‘म अहिले सोल्टीको आइसोलेसन भर्ना भएको छु, उहाँ पनि सँगै हुनुहुन्छ,’ लामाले भने ।

प्रकाशितः २९ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्