धनगढीमा कार्यरत ६७ जना प्रहरीमा कोरोना पुष्टि



धनगढी : धनगढीमा एउटै गणमा कार्यरत ६७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय धनगढीमा कार्यरत ६७ जनामा संक्रमण पुष्टि भएको हो ।

कार्यालयका निमित्त प्रमुख तथा प्रहरी बरिष्ठ उपरिक्षक मुकेश सिंहले सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ४ दिनमा ६७ जनामा संक्रमण पुष्टि भएको बताए ।

भदौ २५ गते ३७ जना, बुधवार ४ जना, त्यसअघि २ जना र आईतवार २४ जना गरी ६७ जना प्रहरीमा संक्रमण पुष्टि भएको उनले बताए । प्रहरी जवानदेखि प्रहरी नायव निरिक्षकसम्का प्रहरीमा संक्रमण देखिएको सिंहले बताए ।

सुदूरपश्चिममा कोरोना संक्रमित प्रहरीको संख्या भने १ सय १३ पुगेको छ । उनीहरु मध्ये ७९ जना उपचाररत छन् भने ३४ जना प्रहरी संक्रमणमुक्त भईसकेको प्रदेश प्रहरी कार्यालय धगढीले जनाएको छ ।

प्रकाशितः २९ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्