पर्सामा उपचार अभावमा ज्यान गुमाउने संक्रमितको संख्या बढी



पर्सा : चिकित्सकको लापरवाहीले वीरगन्जको कोभिड अस्पताल गण्डकमा एक महिलाको ज्यान गएको छ ।

आईतबार बिहान चिकित्सकको लापरवाहीका कारण उपचारर्थ वीरगन्ज १० की ५५ वर्र्षीया किरण देवी कर्णको ज्यान गएको हो ।

आईतबार बिहान २ बजेर ५५ मिनेटमा उनको ज्यान गएको थियो । शव बेलुका नै रानीघाटस्थित शिवपार्ती शमसान घाटमा अन्त्येष्टि गरिएको जनाइएको छ । संक्रमित महिलाको फोक्सो र श्वासप्रश्वासमा समस्या देखिएपछि आइसीयुमा राखेर उपचार गरिएको थियो ।

उनलाई गत शनिबार भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा आइतबार मृत्यु भएको डा.चौरसीयाले बताएका छन् । मृत्यु हुनु भन्दा पहिला तेश्रो पटक उनको स्वाब संकलन गरी परीक्षण गर्दा पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो । रिपोर्ट निगेटिभ आएका कारण शव अन्त्येष्टिका लागि आफन्तलाई बुझाईएको थियो ।

छातीमा पानी जमेका कारण श्वास फेर्ने समस्या देखेपछि परिवारजनले उनलाई अस्थायी कोभिड अस्पताल गण्डकमा गत भदौ १२ गते उपचारको लागि भर्ना गरेका थिए । करिब १० दिनसम्म उपचार गर्दा कोरोना संक्रमणको पुष्टि भएको थिएन । गत भदौ २२ गते पीसीआर परिक्षण गर्दा उनमा कोरोना संक्रमणको पुष्टि भएको अस्पतालका प्रवक्ता डा.चौरसियाको भनाइ छ ।

उनको छातीबाहेक अन्य कुनै समस्या थिएन । अस्पतालबाट सार्वजनिक भएको भिडियोमा स्पष्ट महिलाले बोलेको सुनेको छ । यदी गम्भिर प्रकृतीका समस्या देखिएको भए भिडियोमा स्पष्ट बोल्न सक्दीन थिईन एक चिकित्सकले नाम नलेख्ने सर्तमा भने । छातीको पानी निकालेर एक्सरे गर्दा र हेमोग्लोविन कम भएकोले समयमै राम्ररी उपचार गरेको भए ज्यान जाने थिएन परिवारको भनाइ छ । चिकित्सक र स्वास्थ्यकर्मीको चरम लापरवाहीको कारण उनको ज्यान गएको सार्वजनिक गरिएको भिडियोबाट पुष्टि भएको छ ।

भिडियोमा सहज रुपमा हामी देख्न सक्छौ, संक्रमित व्यक्ति आफै पानी ओसार पोसार गरेका छन् । कोहि अक्सीजन नै ओसारेको देख्न सकिन्छ । अक्सिजन नपाएर एकजना विरामी छटपटाईरहेको देखेपछि सानो पाईला नामक संस्थामा कार्यरत एकजना कर्मचारी जुन कि आफै कोरोना संक्रमित छन, उनले आफै बाहिरबाट अक्सिजन ल्याएर ति व्यक्तिलाई अक्सिजन जोडने काम गरीरहेका छन ।

भिडियोमा ज्यान गुमाउँनु भन्दा पछि महिलाले अस्पतालको बेथिती बारे गुनासो गरीरकेको सुनिएको छ । उनले भनिरहेकी छिन, आफूलाई कोरोना संक्रमण लागेको छ, तर अस्पतालले व्यवस्थित रुपमा उपचार गरीरहेको छैन । न त चिकित्सक नै समयमा आईरहेको छन न त स्वास्थ्यकर्मीहरुले ने देखभाल गर्न आएका छन ।

आईसोलेशन कक्षमा जथाभावी फोहोर फालिएको छ । सफाईकर्मीले सरसफाई गरेका छैन । यहाँसम्म स्वास्थ्यकर्मीले व्यवस्थित रुपमा उपचार गर्ने उपकरण मिलाएर राख्नु पर्ने हुन्छ त्यो विरामी राख्ने बेडमै उपकरण फालिएको भिडियोमा देखिएको छ ।

एकजना संक्रमित बृद्धले पानी नपाएर प्यासले छटपराई रहेका छन । आईसोलेशन कक्षबाट बारम्बार गुहार लगाउँदै कोही पनि पानी दिन नआएपछि बेडबाट उठेर आफै बाहिर निस्केर पानी लिएर भित्र प्रवेश गरीरहेका छन । त्यहा उपचाररत विरामी अनुसार दिनभरीमा २-३ जना मात्र आउँने गरेका छन । ती मध्ये २ जना खाना लिएर बिहान बेलुका आउँने गरेका छन ।

स्थानिय प्रशासन अनुसार यो घटना संगै पर्सामा ४३ जनाको कोरोना मृत्यु भएको छ । तर उनीहरुको कोरोना भन्दा पनि उपचारमा चरण लापरवाीका कारण मृत्यु भएको स्थानियको बुझाई छ । वीरगन्जमा शिक्षिकाको लापरवाहिले मृत्यु भएको यो मात्रै घटना हैन् ।

नारायणी अस्पतालमा भदौँ २१ गते अक्सिजन नपाएर विक्रम चौधरीको मृत्यु भयो । उनी अक्सिजन विना छटपटाई रहेका थिए, तर त्यहा कार्यरत चिकित्सकले पीसीआर रिपोर्टको पखाईमा उपचार गरेनन् । उन्तमा उनको रिपोर्ट निगेटिभ आएपनि चौधरी उपचारको अभावमा पहिला नै ज्यान गुमाईसकेका थिए ।

श्रावण २४ गते पनि अस्पताल चहार्दा चहादै वीरगन्ज २ छपकैयाकी २० वर्षिय गर्भावती महिला विष्णु लामाको पनि मृत्यु भयो । श्रावण २७ गते बारागढी गाऊँपालिका पथराका १३ वर्षिय बालक सुशील कुमार साहको उपचारमा लापरवाही गरेका कारण नेशनल मेडिकल कलेजमा मृत्यु भयो ।

श्रावण २२ गते श्रीपुरका ६० वर्षिय चलितर महतो, उनको पनि मेडिकल कलेजको गेटमै उपचारको अभावमा मृत्यु भयो । श्रावण २३ गते वीरगन्ज ३ छपकैयाका ७४ वर्षिय जग्गु साहको मेडिकल कलेजको ओपिडि सेवाबाट आकस्मिक कक्षमा प्रवेश गर्न नदिएपछि गेटमा मृत्यु भयो । एकजर्दन भन्दा बढीले उपचार नपाउँदा ज्यान गुमाएका छन । तर अहिलेसम्म उनीहरु कानुनीको दायरामा आउँन सकेका छैनन ।

घटना बारे आधिकारी जानकारी लिन प्रयास गर्न पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्ग, नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा. संजय कुमार ठाकुर, पर्सा प्रहरी प्रमुख गंगा पन्त, कोभिड अस्पताल गण्डकमा ईन्चार्ज डा. उदयनारायण सिंहलाई फोन सम्पर्क गर्न खोज्दा सम्पर्क भएन ।

प्रकाशितः २९ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्