वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहायक निर्देशकमा बराल नियुक्त



सुनसरीः करिव एक महिनादेखि रिक्त वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहायक अस्पताल निर्देशकमा डा.प्रमोद वराल नियुक्त भएका छन् ।

प्रतिष्ठानको नियमावलिको नियम १०.२५ को उपनियम ३ अनुसार सोमबार प्रतिष्ठानका एसिस्टेन्ट प्रोफेसर बराल सहायक अस्पताल निर्देशकमा नियुक्त भएका हुन् ।

प्रतिष्ठानको नियमावली अनुसार अस्पताल निर्देशक प्राध्यापक डा.गौरी शंकर शाहको सिफारिसा प्रतिष्ठानको हाडजोर्नी विभागमा कार्यरत उनलाई उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले सहायक अस्पताल निर्देशक पदमा नियुक्त गरेका हुन् ।

साउन ३२ गते सहायक अस्पतात निर्देशक डा.विकास शाहको पदावधि सकिएपछि डा.वराल २ वर्षका लागि सहायक अस्पताल निर्देशक नियुक्त भएका हुन् । यसैविच आजै अस्पताल निर्देशकको सिफारिसमा गायत्री राई मेट्रोन नियुक्त भएकी छिन् । उनीसँगै सहायक अस्पताद निर्देशक बराललाई उपकुलपति प्रा.डा गिरीले आजै नियुक्ती पत्र दिएका छन् ।

दुई जनाले सोमबार देखि कार्यभार सम्हालेका छन् । उनीरुलाई अस्पताल निर्देशक प्रा.डा साहसँगै अस्पताल प्रशासनले स्वागत गरेको छ भने कार्यकाल पूरा गरेका सहायक निर्देशक डा.विकास साह र कायम मुकाय मेट्रोनको रुपमा काम गर्दै आएका उपेन्द्र यादवलाई विदाई गरिएको अस्पतालले जनाएको छ ।

प्रकाशितः २९ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्