मंगलबार : यी विधिबाट गर्नुहोस् भगवान गणेशको पुजा, सबै संकटहरु हटेर जानेछ



एजेन्सी : मङ्गलबारको दिन मङ्गल ग्रहलाई समर्पित गरिएको हुन्छ । मङ्गलबारको दिन सौर्यको सबैभन्दा नजिकको ग्रह मानिने ग्रह पनि मङ्गल नै हो । मङ्गल ग्रहलाई ज्ञान बुद्धि, विवेक र आर्थिक सम्पन्नताको रुपमा समेत लिने गरिएको छ । त्यसैले मङ्गलबारको दिन भगवान गणेशको पुजा आरधनाले जीन्दगीभरि फल प्राप्त गर्न सकिने भएकाले भक्तजनहरुको लागि मङ्गलबारको दिन गणेशको पुजा गर्नु राम्रो मानिन्छ । यदि तपाई पनि कुनै आर्थिक, पारिवारिक संकटमा हुनुहुन्छ भने प्रत्येक मंगलबार भगवान गणेशको पुजा आरधना गरी यी ११ मन्त्रहरु जप्नुस् । सबै संकटहरु हटेर जान्छ भने जीवनकै सबैभन्दा ठुलो सफलता पनि मिल्नेछ ।

भगवान गणेशलाई खुसी बनाउने ११ मन्त्रहरु :-

-ॐ श्री गणेशाय नम
-ॐ गं गणपतये नमस्
-ॐ गं गणपतये नमस्
-ॐ गं ॐ गणाधिपतये नम
-ॐ सिद्धि विनायकाय नम
-ॐ गजाननाय नम
-ॐ एकदंताय नमो नम
-ॐ लंबोदराय नम
-ॐ वक्रतुंडाय नमो नम
-ॐ गणाध्यक्षाय नमः

धार्मिक परम्पराअनुसार भगवान गणेशलाई सबैभन्दा उत्कृष्ट देवाको रुपमा पुज्ने चलन रहेको छ । हरेक व्यक्तिले पुजाआरधना गर्दा सबैभन्दा पहिले भगवान गणेशको पुजा गर्ने चलन रहेको छ । गणेश भगवानलाई सिद्धी दिने विर भगवानको रुपमा समेत लिने भएकाले गणेश भगवानको नाममा व्रत बस्ने, मन्दिर धाउने गर्छन् । मंगल ग्रहलाई समस्या निर्मानायकको रुपमालिने भएकाले मंगल ग्रहको खराब प्रभावलाई हटाउन मंगलबारको दिन भगवान गणेशको पुजा गर्ने गरिएको हो । त्यसकारण आज हामी तपाईहरुलाई गणेश भगवानलाई कसरी खुसी बनाउने भन्ने बारे पुजा गर्ने केही उपायहरु बताउन गइरहेका छौँ ।

विहान सबेरे उठेर स्नान गरेर चोखो कपडा लगाउने । त्यसपछि घरमा सम्भव भए घरमै पुजा गर्ने यदि छैन् भने नजिकै रहेको गणेश मन्दिरमा गएर पुजा गर्ने । विशेष गरेर गणेशको पुजा गर्नलाई मंगलबार राम्रो मानिन्छ । त्यसकारण व्रत बसी विधिवत रुपमा पुजा गर्दा सोचेभन्दा राम्रो हुने मान्यता रहेको छ । गणेश भगवानको पुजा गर्दा घ्यू अपर्ण गर्नु अत्यन्तै आवश्यक रहेको हुन्छ । यदि धनको लागि भगवान गणेशको व्रत बसेको हो भने गणेशलाई घ्यू अपर्ण गर्दा छिट्टै प्रसन्न हुने विश्वास रहेको छ । गुलियो खानेकुराहरुबाट प्रसन्न हुने भएकाले गणेश भगवानलाई सख्खरबाट बनेका गुलिया चिजहरु चढाउनुपर्छ । त्यतिमात्रै हैन गणेशलाई खुसी बनाउने पुजा गर्दा वस्त्र पनि चढाउनुपर्छ । यसरी विधिपूर्वक तरिकाले भगवान गणेशको पुजा गरे जीवनमा ठूलो सफलता हात पर्ने मान्यता रहेको छ ।

पुजाको लागी चाहिने सामान :

१. गणेश भगवानको फोटो वा मूर्ती तयार पार्नुहोस्
२. गणेश मन्दीरर्मै जानुहुन्छ भने तिलको लड्डु तयार गर्नुहोस्
३. स्नान गरी चोखो, सफा सुग्घर बन्नुहोस्
४. पुजाको लागी आवश्यक सफा जल, जौँ तिल फुल र अक्षता एकैठाउँमा संग्रह गर्नुहोस्

पुजा गर्ने विधि :

१. सुरुमा मूर्ती अथवा फोटोको अगाडि पवित्र मनले दियो जलाईदिनुहोस्
२. दियो जलाईसकेपछी भगवानलाई मनपर्ने तिलको गुलियो लड्डु चढाईदिनुहोस्
३. महिला भक्तजन भएमा आफ्नो सारी अर्थात सलले पुजा समयमा आफ्नो शिर छोप्नुहोला
४. अब अगरबत्ती जलाइ त्यसलाई हातमा लिएर गणेश भगवानलाई विभिन्न सुगन्ध सहित पुजा आराधना गर्नुहोस्
५. फूल अक्षता साथै पातिहरु अगरबत्ती बालेर आराधना गरीसकेपछी चढाईदिएर पुजा गर्नुहोस्
६. गणेश मन्त्र उच्चारण माथि पहिलो चरणबाटै गर्नुपर्नेछ अब मन्त्र उच्चारण गर्दै गणेश भक्ती गाईरहनुहोस्
७. तपाँईको मनमा गणेश भगवान भएको कल्पना गर्नुहोस, आखाँ बन्द गरेर गणेश भगवान आफुसंगै भएको महसुस गर्नुहोस्
८. गणेश भगवानसंग बोल्नुहोस, केहि इच्छीत कुरा भए माग्नुहोस, र तपाँई उहाको भक्त भएको भान गराउनुहोस्
९. भगवानको शिरमा टिका लगाईदिई आफुपनी लगाउनुहोस र अरुलाईपनी लगाईदिनुहोस्
१०. सम्पूर्ण भक्तजन साथै स्वयम् आफैले प्रसाद लिनुहोस, खुवाउनुहोस्

प्रतिक्रिया दिनुहोस्