स्वयम्भूबाट १० किलो गाँजासहित २ जना पक्राउ



काठमाडौं : काठमाडौंको स्वयम्भूबाट १० किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका-१३ पुरानो नैकापका २२ वर्षीय सुवर्ण पौडेल र धादिङ थाक्रे गाँउपालिका-५ घर भएका २७ वर्षीय सागर लामा रहेका छन् ।

महानगरीय प्रहरी वृत्त स्वयम्भू र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उनीहरुलाई भगवान पाउँ नजिकैबाट पक्रेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार लागु औषध मुद्दामा अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ ।

प्रकाशितः ३० भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्