चन्द्रकुमार राईको हत्यामा संलग्न रहेको आरोपमा सरदार पक्राउ



विराटनगर : मोरङको बेलबारी नगरपालिका–५ तेलकुडीका चन्द्रकुमार राईको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले सोही ठाउँका ३१ वर्षीय विनयकुमार सरदारलाई पक्राउ गरेको छ ।

हत्यामा संलग्न भई फरार भएका सरदारलाई सोमबार राति जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले सुनसरी बराहक्षेत्र नगरपालिका–११ मधुवनबाट पक्राउ गरेको हो ।

पक्राउ परेका सरदारमथि कर्तव्य ज्यानको कसुरमा अनुसन्धान शुुरु गरिएको छ ।

यहि भदौ १२ गते सोही नगरपालिका कसेनीस्थित लोहन्द्रा खोलाको किनारा छेउमा धारिलो हतियार प्रहार गरी राईको हत्या गरिएको थियो ।

प्रकाशित : भदौ ३०, २०७७

प्रतिक्रिया दिनुहोस्