झापामा चट्याङ लागेर एककाे मृत्यु, दुई घाइते



झापा : शनिबार बिहान परेको पानीसँगैको चट्याङ लागेर झापामा एक जनाको मृत्यु भएको छ।

दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा मेचीनगर नगरपालिका १५ ज्यामिरगढी निवासी ४० बर्से प्रकाश राउत रहेको प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार मृतक राउतका श्रीमती ३५ बर्षीया सुनिता राउत र उनका भाउजु ३६ बर्षीया मञ्जु राउत घाइते भएको जनाइएको छ।

दुवै जनाको भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलमा उपचार भइरहेको जनाइएको छ। शनिबार बिहान ८ बजेको समयमा खेतमा काम गरिरहेका राउत परिवारलाई चट्याङ लाग्दा तीनै जना गम्भिर घाइते भएका थिए। घाइते तीनैजनालाई उपचारका लागि ओमसाई अस्पताल पुर्‍याएकोमा प्रकाशको उपचारको क्रममा मृत्यु भएको डिएपसी श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस्