बैतडीमा पीसीआर मेसिन जडान



बैतडीः बैतडीमा पिसीआर मेसिन जडानको कार्य सम्पन्न भएको छ ।

जिल्ला अस्पतालमा स्थापना भएको पिसीआर मेसिनबाट असोज १ गतेदेखि कोरोनाको परिक्षण सुरु हुने भएको हो ।

सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा सञ्चालनमा आउने उक्त प्रयोगशालाको उदघाटन प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रदेश सरकारले गत चैत १५ गते बैतडीमा पिसीआर प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो । निर्णय गरेको करिब ६ महिनामा प्रयोगशाला संचालन हुन लागेको छ । प्रयोगशाला संचालन गर्न करिब ४० लाख खर्च भएको छ ।

प्रकाशितः ३० भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्