सर्वोच्च अदालतका १० जना रजिस्ट्रारको सरुवा



काठमाडौं : सर्वोच्च अदालतका मुख्य रजिस्ट्रारले १० जना रजिस्ट्रारको सरुवा भएका छन् । मुख्य रजिस्ट्रार निरौलाले उनीहरुलाई काजमा सरुवा गरेका हुन् ।

फैसला कार्यान्वयन निर्देशनालयमा रहेका गजेन्द्रबहादुर सिंह उच्च अदालत पाटनमा सरुवा भएका छन् भने सर्वोच्च अदालतमा रहेकी रजिस्ट्रार निर्मला पौडेललाई प्रशासकीय अदालतमा सरुवा गरिएको छ ।

त्यस्तै उच्च अदालत पाटनमा रहेका सहरजिस्ट्रार बाबुराम दाहाल सर्वोच्च आएका छन् ।

यता सर्वोच्च अदालतमा रहेका रजिस्ट्रार एवं यस वर्षका उत्कृष्ट निजामती कर्मचारी भीमकुमार श्रेष्ठलाई न्याय परिषद पठाइएको छ ।

प्रकाशित : भदौ ३०, २०७७

प्रतिक्रिया दिनुहोस्