सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या वृद्धि


गुल्मी : गुल्मीमा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको छ । तीन आर्थिक वर्षको तथ्याङ्कले जिल्लामा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको देखाएको हो ।

आव २०७४/७५, ०७५/७६ र ०७६/७७ मा कूल दुई हजार ४४३ जनाले सुरक्षित गर्भपतन गराएका छन् । तीमध्ये १९६ जना २० वर्षभन्दा कम उमेरका छन् भने दुई हजार २४७ जना २० वर्षभन्दा बढी उमेरका रहेका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार आव ०७४/७५ मा जिल्लामा कूल ६६७ जनाले सुरक्षित गर्भपतन गराए । तीमध्ये १८ जना २० वर्षभन्दा कम उमेरका र ६४९ जना २० वर्षभन्दा बढी उमेरका रहेका छन् । ०७५/७६ मा जिल्लामा कूल ८१५ जनाले गर्भपतन गराएका छन् । तीमध्ये ७८ जना २० वर्षभन्दा कम उमेरका र ७३७ जना २० वर्षभन्दा बढी उमेरका रहेका छन् ।

आव ०७६/७७ मा कूल ९५१ जनाले गर्भपतन गराएका छन् । तीमध्ये २० वर्षभन्दा कम उमेरका १०० जना र २० वर्षभन्दा बढी उमेरका ८५१ जना रहेका छन् । चालू आवको साउन महिनामा मात्रै जिल्लामा ३० जनाले सुरक्षित गर्भपतन गराएको कार्यालय फोकल पर्सन गोपाल कार्कीले जानकारी दिए । जिल्लामा दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह छन् । तीमध्ये सबैभन्दा धेरै रेसुङ्गा नगरपालिकाका महिला रहेका छन् ।

तीन आर्थिक बर्षमा नरपालिकाका एक हजार २६७ जनाले गर्भपतन गराएका छन् । ती मध्ये १२४ जना २० बर्षभन्दा कम उमेरका र एक हजार १४३ जना २० वर्षभन्दा बढी उमेरका रहेको उनले जानकारी दिए । तीन आवमा पनि इस्मा गाउँपालिकाका महिलाले गर्भपतन गराएका छैनन् ।


तम्घास अस्पतालका डा सुष्मा थपलियाले सुरक्षित गर्भपतन पनि शारीरिक हिसाबले हानिकारक भएको जानकारी दिए । गर्भपतन गराउँदा रगत धेरै जान सक्ने, सफा गर्दा पाठेघरमा गम्भीर प्रकारको असर हुनसक्ने, आन्द्रामा चोट लाग्नेलगायतको समस्या देखिने उनले बताए । त्यस्तै एकपटक गर्भपतन गराइसकेपछि लामो समयसम्म बच्चा नरहने सम्भावना पनि भएकाले सकेसम्म गर्भपतन नगराउन उनले सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : रौतहटको चन्द्रनिगाहपुरकी कोरोना संक्रमित महिलाको चितवनमा मृत्यु भएको छ ।चितवनमा मेडिकल कलेज भरतपुरको

काठमाडौं : पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ५ विषयमा संविधान संशोधन गर्नुपर्ने बताएका छन्। शनिबार बिहान

नेपाल उद्योग वाणिज्य महासंघले मंसिर दोस्रो साता मात्रै साधरणसभा गर्ने निर्णय लिएको छ । शुक्रबार

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट विभूषित हुनेहरुमा नाम घोषणा गरिएको छ । ५ सय

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले २ सय ८९ जना कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छन् ।

काठमाडौंः सोमबारबाट आन्तरिक हवाई सेवा सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

काठमाडौंः १३ विद्यार्थी संगठनले शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई विभिन्न माग राख्दै ७ दिने अल्टिमेटम दिएका

कास्की– अहिले देशभरी नै बाढी पहिरोले ठूलो जोखिम निम्त्याएको छ । सिन्धुपाल्चोक, बागलुङ, लगायतका जिल्लामा

बाजुरा- बाजुरामा उत्पादित स्याउ धनगढी बजारमा आइपुगेको छ । मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले भाग लिने

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य तोलाको ४ सय रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका

मंगलबारे : इलामका युवाहरुले यन्त्र (रोबोर्ट) निर्माण गरेका छन्। पाँच युवाले कोरोना अस्पतालमा प्रयोग गर्नेगरी