चतराधाममा कुम्भ मेला सुरु



काठमाडौं : सुनसरीको वराह क्षेत्रस्थित प्राचीन हरिद्वार मानिएको चतराधाममा शनिबार अर्धकुम्भ मेला सुरु भएको छ। एक महिना चल्ने यो अर्धकुम्भ मेला दोस्रो हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले कुम्भ मेला उद्घाटन गर्ने छन्। नेपालका पहिलो जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले संकल्प गरी महास्नानको सुरुआत गर्नेछन्। उनका अनुसार कुम्भमा महास्नान गरे एक लाखपटक पृथ्वीको परिक्रमा गर्दा वा एक सयपटक बाजपेय यज्ञ गर्दा वा एक हजारपटक अश्वमेध यज्ञ गरेबराबर फल प्राप्त हुन्छ।

कुम्भमा नेपाल, भारत, अमेरिका, बेलायत, अस्ट्रेलिया, नर्वे, भुटान र बर्माबाट भक्तालु आउने उनले जानकारी दिए। एक महिनामा राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृतिबारे बृहत् बहस, शास्त्रार्थ, कोटी होम, पुराणवाचन हुनेछ। विशेष स्नानका लागि चैत २३ र २७, वैशाख ६, २१ र २४ गते उपयुक्त रहेको आयोजकले बताए। चतरामा ०५९ सालमा कुम्भ मेला सुरु भएको थियो।

प्रतिक्रिया दिनुहोस्