३ घण्टामा १ अर्ब ३० करोड बढीको शेयर कारोबार



काठमाडौंः केहि दिनदेखि उकालो लागेको नेप्से आज (मंगलवार) भने घटेर बन्द हुने संकेत देखिएको छ ।

कारोबारको दोस्रो घण्टासम्म बढेको बजार त्यसपछि भने घट्न थालेको हो । तीन घण्टाको कारोबारमा नेप्से परिसूचक ०.७६ अंक घटेर १ हजार ५३९.७४ विन्दुमा झरेको हो ।

यस अवधिमा १९० ओटा कम्पनीको १ अर्ब ३० करोड ३२ लाख ३६ हजारको शेयर कारोबार भएको छ । यो अवधिमा कारोबारमा आएका १२ ओटा समूहमध्ये म्युचुअल फण्डको ०.२ प्रतिशत, जीवन बीमाको ०.४२ प्रतिशत र निर्जीवन बीमा समूहको ०.७१ प्रतिशत परिसूचक बढेको छ । परिसूचक घटने ९ ओटा समूहमध्ये सर्वाधिक व्यापारिक समूहको १.६३ प्रतिशत घटेको छ ।

प्रकाशितः ३० भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्