आयुर्वेद चिकित्सालयका पूर्वअध्यक्ष मजगैयाको निधन



तुलसीपुर : प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरीका पूर्वअध्यक्ष भैरव मजगैयाको निधन भएको छ ।

पारिवारिक स्रोतका अनुसार तुलसीपुर उपमहानगरपालिका १८ विजौरीका मजगैयाको आज बिहान ७७ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको हो ।

मजगैैयाको शिक्षा क्षेत्रमा पनि योगदान रहेको छ । उनी महेन्द्र बहुमुखी क्याम्पसको पूर्वप्रमुखसमेत रहेको स्थानीयवासी राकेश बस्नेतले बताए । क्याम्पसबाट सेवा निवृत्त भएपछि समाजिक संघसंस्थामा पनि सक्रिय मजगैया बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका पूर्वाध्यक्षसमेत थिए ।

उनको निधनप्रति तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले दुः ख व्यक्त गरेका छन् । एक शोक वक्तब्य जारी गरी मजगैयाको निधनले अपूरणीय क्षति पुगेकाे बताए ।

प्रकाशितः ३० भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्