लकडाउनमा घर भाडा छुट गर्नेलाई कर छुट



धनगढी : धनगढी उप-महानगरपालिकाले लकडाउनको समयमा घर भाडा छुट गर्ने घरधनीलाई घरबहाल कर छुट दिने भएको छ ।

मनकारी घरधनीलाई राहत पुगोस भनेर उप-महानगरपालिकाले यस्तो निर्णय गरेको नगरप्रमुख नृपबहादुर वडले बताएका हुन् ।

सरकारले २०७६ चैत ११ गते देखि जेठ मसान्तसम्म कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन लकडाउन गरेको थियो ।

लकडाउनको समयमा घरभाडामा बसेकाहरु कतिपयले भाडा छुट गरेका थिए । धनगढी उप-महानगरपालिकाले पनि आफ्नो कम्प्लेक्स भाडामा लिएकाहरुसंग ५० प्रतिशत भाडा छुट गरेको नगरप्रमुख वडले बताए ।

धनगढी उप-महानगरपालिका राजश्व शाखा प्रमुख लेखनाथ ओझाले सबैलाई एउटै मापदण्ड हुने गरि लकडाउनमा घरभाडा छुट दिने घरधनीलाई दुई महिनाको घरबहाल कर छुट दिने बताए ।

यसका लागि घर भाडामा छुट दिएको प्रमाण हुनुपर्ने छ राजश्व शाखा प्रमुख ओझाले भने, यसलाई उप–महानगरपालिकाले क्रसचेक गर्ने छ । झुटो ठहरीएमा कार्वाही गरिने छ ।

प्रकाशितः ३० भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्