सीआईबीका एक डीएसपीसहित २६ जनामा कोरोना संक्रमण



काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का २६ जना अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा एकजना प्रहरी नायब उपरीक्षक (डीएसपी)सहित २६ जनालाई संक्रमण देखिएको हो ।

ब्युरोका एक अधिकृतका अनुसार ठूलो संख्यामा अनुसन्धान अधिकारीहरुलाई संक्रमण देखिएपछि कन्ट्याक ट्रेसिङ गरेर थप परीक्षण थालिएको छ ।

प्रकाशित : भदौ ३०, २०७७

प्रतिक्रिया दिनुहोस्